• काठमाडौं : सोमबार बसेको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेता माधव नेपालको असन्तुष्टिमाथि छलफल भएको छ। वरिष्ठ नेता नेपालले आफ्नो अनुपस्थितिमा बिना जानकारी प्रदेश इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव नियुक्तिको चर्को विरोध गर्दै आएका थिए।

    नेपालको लिखित असहमतिमाथि भएको छलफलपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तो गल्ती फेरि नगर्ने प्रतिबद्धता जनाएका छन्।

    नेपालले निर्णय सच्याएर पुनः मापदण्ड बनाएर निर्णय गर्नुपर्ने माग अघि सारेका थिए। तर अध्यक्षद्वयले फेरि गल्ती नगर्ने सहमति जनाएपछि प्रदेश नेतृत्व नियुक्ति सम्बन्धी निर्णयलाई बैठकले सदर गरेको छ।

    पार्टी एकताको विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक पुनः बुधबार बस्नेछ।

    त्यसैगरी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा अस्वीकृत गरेको छ। सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो।

    प्रा.डा गोविन्द केसीका मागको समर्थन गरेपछि श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका थिए। यही विषयमा असन्तुष्टि नेता श्रेष्ठले राजनीनामा दिएका थिए।

    नेकपा सचिवालयको अर्को बैठक बुधबार अर्थात् कात्तिक ७ गते दिउँसो ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…