• पथरी । चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ । उर्लाबारी ९ का सुन्दर श्रेष्ठले गाउँमा समाजसेवाका माध्यमबाट गतिलो झापड हानेका छन् । जुन कुरा उनले सामाजिक काम गरेर सावित गरेका छन् । गाउँको स्तरोउन्नतीमा कसैको ध्यान त्यति नपुगेपछि मोरङ श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन् । कहिले सडक बत्ति, खेलकुद , विद्यालयमा विविध सहयोग तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उच्च छ । सहरमा बसेर पनि आफु जन्मे हुर्केको गाउँको विकास गर्दै आएका श्रेष्ठ हामीले नगरे कस्ले गर्ने अहिले नगरे कैले गर्ने भन्दै युवाहरुलाई उर्जा प्रदान गर्ने गरेका छन । सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन्, उहाँले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका गर्नुभएको छ ।




    उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन् । आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन । खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन् । सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन् । उर्लाबारी ९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन्, घेराबारामा सहयोग गरेका छन् । यतिमात्र होईन,सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन् । त्यहाका १० जना विपन्न परिवारका विद्यार्थीलाई आफ्नै लगानीमा पढाईदिएका छन् । यस्तै उर्लाबारी ९ कै राजघाट निमाबिमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन् ।






    गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारेपछि स्थानीयले खुशी प्रकट गर्छन् । नत्र गाउँ अन्धकार थियो । सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर,खेलकुदमा पनि उनको सहयोग उच्च छ । सुन्दर भन्छन्,धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।

    हाल उनले आफ्नो गाउँमा एकल लगानीमा बाटो खोलिदिएपछि खेत भित्र भित्र बाटो बनेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…