• भारतको राजस्थान राज्यमा जिका भाइरसको संक्रमणले व्यापक रुप लिँदै गएको छ।

    शनिबारसम्ममा कम्तिमा १ सय १७ जनामा जिका भाइरस संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। जयपुरमा देखिएको महामारी नियन्त्रणका लागि सरकारले करिब पाँच लाख घरलाई निगरानीमा राखेको छ। सो क्षेत्रका गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण शुरु गरिएको छ। मुख्य रुपमा लामखुट्टेबाट यो रोग सर्ने गर्छ। जिका भाइरसबाट संक्रमित महिलाबाट जन्मिने बच्चामा शारीरिक तथा मानसिक विकलाङ्ग हुने सम्भावना हुन्छ। संक्रमित गर्भवती महिलाबाट जन्मेको सन्तानमा माइक्रोसेल्फी देखिएको थियो। त्यसरी जन्मेको शिशुको टाउको र मस्तिष्क सानो हुने गरेको छ। सन् २०१५ र २०१६ मा ब्राजिलबाट शुरु भएको जिका भाइरसका महामारी पूरै ल्याटिन अमेरिकामा फैलिएको थियो। ब्राजिलमा मात्रै ३ हजार ५ सय नवजात शिशुमा समस्या देखिएको थियो। जोखिममा नेपाल भारतमा जिका भाइरस संक्रमित भेटिएको पहिलो पटक भने होइन। ६ महिनाअघि गुजरातमा जिका भाइरस संक्रमित भेटिएको थियो। त्यतिखेर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहयोगमा नेपालमा त्यसको जोखिमबारे अध्ययन भएको थियो। सो अध्ययनले भारतसँगको बाक्लो आवात–जावतका कारण नेपाल जिका भाइरसको जोखिममा रहेको जनाएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेककुमार लालका अनुसार जिका भाइरस सार्ने लामखुट्टे ‘सर्भाइभ’का लागि नेपालको मौसमी अवस्था उपयुक्त रहेकाले पनि सतर्क हुनुपर्ने स्थिति रहेको औंल्याए। ‘जिका भाइरसको संक्रमण भारतमा देखिएपछि हामी सतर्क हुनैपर्छ,’ उनले नेपालखबरसँग भने, ‘भारतको संक्रमित क्षेत्र भ्रमणमा जानेहरुले अझ सतर्क रहन आवश्यक छ।’ नेपालसँग सीमा जोडिएको बिहारबाट जयपुर पुगेका एक छात्रा जिका संक्रमित भएपछि बिहार सरकारले स्वाथ्य संस्थाहरुलाई सतर्कता अपनाउन निर्देशन दिएको छ। भाइरल इन्फुलएन्जा, डेंगु जस्तै यसका लक्षण हुने भएकोले कुनै व्यक्ति संक्रमति हो होइन प्रयोगशालामा रगत परिक्षण गरेपछि मात्रै थाहा पाउन सकिने डा.लाल बताउँछन्। कसरी सर्छ? यसको सामान्य लक्षण ज्वरो आउने, डाबर निस्कने, जोर्नी दुख्ने र आँखा रातो हुने हो। कोही बिरामीलाई मासंपेशी वा टाउको दुख्ने पनि हुन्छ। सरकारले जिका भाइरस नियन्त्रणका लागि भनेर विशेष तयारी गरेको छैन। ‘अन्य किटजन्य रोग नियन्त्रण गर्न हामीसँग पहिलैदेखि कार्यक्रम छन्। जिका भाइरसका लागि छुट्टै कार्यक्रम छैन।’ डेंगु, चिकनगुनिया रोगलाई समेत सार्ने पोथी इयेडिस उगिपटाई लामखुेट्टेले यो रोग सार्ने गर्छ। संक्रमित लामखुट्टेले एक मानिसबाट अर्कोमा सार्ने गर्छ। लक्षण देखिनसंक्रमित भएको एक सातासम्म लाग्न सक्छ। यो भाइरस यौन सम्पर्क, रगत दिने प्रक्रिया, सुई तथा गर्भवती महिलाबाट भ्रुणमा सर्छ। जिकाको नियन्त्रणका लागि अहिलेसम्म कुनै खोप निस्केको छैन। यसका रोगीलाई छुट्टाएर राखेर उपचार गर्ने गरिएको छ। ३ दिनदेखि १४ दिन समयमा यो निको हुन्छ। संक्रमणको समयमा प्रशस्त मात्रामा झोल कुरा खुवाउनु पर्ने चिकित्सकहरु बताउँछन्।
    ब्राजिलमा जीका संक्रमितबाट जन्मिएकाे बच्चा

    ब्राजिलमा जीका संक्रमितबाट जन्मिएकाे बच्चा

    बाँदरबाट मान्छेमा ७० वर्षअघि युगाण्डाको जिकामा जंगलको बाँदरमा यो रोगको पहिलो पटक पहिचान गरिएको थियो। त्यसका पाँच वर्षपछि यो मनिसमा पनि देखियो। विभिन्न समयमा विभिन्न देशमा यसको संक्रमण देखिँदै आएको छ। ब्राजिलमा भने ठूलो महामारी रुप लिएको थियो। त्यसपछि यो मध्य तथा क्यारेबियन क्षेत्रका २८ देशमा फैलियो। भारतीय पत्रिका द हिन्दुले राजस्थानमा भेटिएको जिका भाइरस जिनको समूह (जिमोन) ब्राजिलमा महमारी गराउनेसँग मिल्न आएको उल्लेख गरेको छ। यसअघि गुजरातमा भेटिएको भाइरस भने सन् १९६६ मा मलेसियामा भेटिएको जिका भाइरससँग मेल खाएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…