• काठमाडौं । प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितमाथि यौन हिंसाको आरोप लागेको छ । उनी मेयर भएका बेलामा जागिर टिकाउन एक संचारकर्मीलाई यौन प्रस्ताव गरेको खुलासा भएको हो ।

    विश्वभर सामाजिक संजालमा सुरु भएको ‘मी टु’ अभियानले नेपालमा पनि प्रवेश पाउने क्रममा पत्रकार रश्मिला प्रजापतीले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी हुन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमा १५ वर्षअघि भएको उक्त ह्यारेसमेन्टबारे खोलेकी हुन् । रश्मिलाले यसअघि पनि विभिन्न मिडियामा यौन हिंसाबारे बताउने गरेको लेखेकी छिन् ।

    रश्मिला आफू पनि महिला हिंसा विरुद्धको अभियानमा सरिक छिन् ।

    उनले मी टु मुभमेन्ट अन्तर्गत पहिलो पटक सामाजिक सञ्जालमा लेखेकी हुन् । मेयरको यौन प्रस्ताव अस्विकार गर्दा जागिर समेत गुमाउनु परेको अनुभव उनले फेसबुकमा सेयर गरेकी छिन् । यसबारे उनले दुई वर्ष अगाडि बल्डपल्समा पनि लेखेकी थिइन् ।

    स्थापितले अहिले पनि अन्य पत्रकारलाई पनि आफूलाई जस्तै ह्यारेस गर्न नछाडेको दावी रश्मिलाको छ ।

    उनले लेखेकी छिन् ‘१५ वर्ष भयो त्यो घटना घटेको तर पनि उक्त व्यक्तिबाट नै अन्य महिलाहरु ह्यारेस भएको कुरा मैले पढेकी छु । उनी अझै महिलाहरुलाई ह्यारेस गरिरहेका छन् । मलाई थाहा छ, दर्जन भन्दा बढी महिलाहरुलाई उनले ह्यारेस गरेका छन् कति त मेरो फेसबुकको लिस्टमा पनि छन् । हामी बोल्न नसक्ने होइनौं । हामी हाम्रो आवाज उठाउन सक्छौं । हामी संसारलाई चिनाउन चाहन्छौं कि भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित सेक्सुअल प्रेडेटर हो ।’

    उनले भनिन्, ‘उनको यौन प्रस्ताव अस्वीकार गर्दा जागिर गुमाएको पनि लेखेकी थिएँ ।’

    रश्मिलाको यो आरोपपछि मन्त्री स्थापितलाई हाम्राकुराले सम्पर्क गर्दा उनले भने, ‘फोनमा यस्ता कुरा नगरौं आउनुस् भेटेर कुरा गरौं ।’ आरोप बाहिर आइसक्यो भेट्न त भेटौंला प्रतिक्रिया त दिनुस् न भन्दा उनले फेरि पनि दोहोर्याए ‘म भागेको छैन, काठमाडौंमै छु, आउनुस् कुरा गरौं ।’

    आरोप लागिसकेपछि नैतिकताका आधारमा मन्त्री स्थापितले यसलाई स्पष्ट पार्नु नै हितकर हुनेछ ।

    मी टु अभियान अहिले विश्वभर फैलिएको छ । सबैभन्दा बढी त भारतमा यो अभियान सशक्त देखिएको छ । मन्त्रीले समेत राजीनामा दिएका छन् भने थुप्रै सेलिब्रिटिले आफ्ना प्रोजेक्ट छाड्नु परेको छ ।

    नेपालमा यौनहिंसा त दिनानुदिन हजारौंको मात्रामा भइरहेको छ नै बलात्कारपछि हत्याको आक्रान्त अवस्थाबाट मुलुक गुज्रिरहेको छ ।

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन ११ गते बलात्कारपछि हत्या भएको घटना अझै सेलाएको छैन । सरकारले अपराधीलाई कार्वाही गर्न सकेको छैन ।

    सरकार समग्र यौन दूराचारका मामलामा किन लचक भइरहेको छ त ? भन्ने प्रश्न पनि टड्कारो देखिएको छ । यसको उदाहरण मन्त्री स्थापित नै बनेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…