• कपिलवस्तु ।  कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमबार साँझ ५ बजेदेखि लगाएको कफ्र्यु हटाएको छ ।

    आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु हटाएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले कफ्र्यु लगाएको थियो ।

    कफ्र्यु हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो । कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।
    प्रशासनले कफ्र्यु कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर–१ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कफ्र्यु लगाउने निर्णय गरेको थियो ।

    मेशिनको ठक्करबाट एकको मृत्यु

    कपिलवस्तुको शिवराज नगरपालिका–४ चनईमा धान काट्ने कम्बाइन हर्वेस्टर मेशिनको ठक्करबाट एकको मृत्यु भएको छ ।

    सोमबार दिउँसो ४ बजे धान काट्ने समयमा लु ३ त १३४१ नम्बरको कम्बाइन मेशिन ब्याक गर्दा चनईका ६० वर्षीय महबुब मुसलमान घाइते भएका थिए । कम्बाइनको ठक्करबाट घाइते भएका महबुबको उपचारको लागि बुटवल पु¥याइएको थियो । बुटवलमा उपचार सम्भव नभएपछि उनलाई चितवन लगिएको थियो ।

    चितवन मेडिकल कलेजमा उपचारको क्रममा महबुबको ज्यान गएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । घटना हिजै भए पनि महबुबको मृत्युपछि मात्र घटना बाहिर आएको थियो ।

    कम्बाइन चालक भारत उत्तर प्रदेश महाराजगञ्ज जिल्ला सिसहनिया वर्ष ५० का लौटु चमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…