• हिलिहाङ, पाँचथर, ६ कात्तिक

    दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो ।
    यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् ।

    झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भन्नुभयो, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो, पेट्रोल छैन भन्छन् बाहिर गयो कतै पाइँदैन अब कसरी जाने हो, दोधारमा परियो ।”

    उहाँ मात्रै नभएर अन्य तीर्थयात्री समस्यामा परेका छन् । यस्तै पाँचथरको याङवरक गाउँपालिकाबाट झापाको चन्द्रगढी ससुराली हिँडेका हरि न्यौपाने भन्नुहुन्छ, “सबै पम्पतिर जाँदा पाइएन् तर बाहिर प्रतिलिटर रु १५० का दरले पेट्रोल पाइयो, नभएपछि त्यहीँ भए पनि हालेर जान बाध्य भएँ ।”

    कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । जिल्लामा रहेका तीनवटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको सदरमुकाम फिदिममा तेल वितरण गर्दै आउनुभएका इन्द्रायणी अटो मोबाइल्सका विक्रेता टोकनाथ तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “तेल लिन ट्याङ्कर नजाँदा दशैँको अन्त्यतिर अभाव भएको हो । पाँचथरमा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ ।

    जिल्लामा पेट्रोल आयात गरेर बिक्री गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताले बताएका छन् । जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारीमा पेट्रोल खपत हुने विक्रेता बताउँछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…