• काठमाडौं : कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको आरोप लागेका करिणराज विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विन्ती पत्र लेखेका छन् ।

    कञ्चनपुरका तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणराज विष्टले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफुलाई निर्मलाको हत्यामा संलग्न रहेको अफुवाह फैलाएर आफ्नो चरित्र हत्या गर्न लागेको भन्दै न्यायका लागि प्रधानमन्त्री ओलीलाई पत्र लेखेका हुन् ।

    पत्रमार्फत् उनले आफु निर्दोष रहेको दावी गरेका छन् । निर्मला पन्तको गत साउन ११ गते उखुबारीमा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो । तर, कञ्चनपुर प्रहरीले उक्त घटनाको छानविनमा लापरवाही गरेको थियो । घटनाको छानविनका लागि सरकारले उच्चस्तरिय छानविन समिति गठन गरेपनि हत्यारा पत्ता लाग्न सकेको छैन ।

    छानविनमा लापरवाही गरेको र प्रमाण नष्ट गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टलाई सरकारले निलम्बन गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…