• काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्र र प्रदेश सरकारबीच दूरी बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले दुई तहको सरकारबीच तालमेल नमिल्दा नकारात्मक नतिजा आउन सक्ने भन्दै सचेत पनि गराए ।

    केन्द्र र प्रदेशबीच समन्वय कायम राखेर काम गर्ने वातावारण बनाउन प्रधानमन्त्री केपी ओलीले पहल गर्नुपर्ने भए पनि चासो नदिएको शर्माको आरोप छ ।

    “मुख्यमन्त्रीहरुसँग गम्भीर परामर्श गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले त्यसो गर्न सक्नुभएन । सरकार बनेको ८ महिनामा प्रदेश सभामा गएर २ घण्टा भाषण गर्नुभयो तर गम्भीर भएर २ मिनेट पनि छलफल गर्नुभएन ।” शर्माले भने ।

    नेपालमा संघीयताको जन्म भएको तर्क गर्दै शर्माले अहिले नै असफल भयो भन्न नहुने बताए । भर्खर जन्मिएको बच्चालाई राम्रोसँग पालनपोषण गर्न सके सफल हुने शर्माको तर्क छ ।

    प्रधानमन्त्री केपी ओलीको भाषण बुझिने तर शाषन नबुझिने किसिमको भएको आरोपसमेत शर्माले लगाए ।

    “नेपाली कांग्रेसका नेताहरुको भाषण बुझिदैन भनेर खिल्ली उडाउथे । शुशील कोइरालाको जिब्रो अप्रेशन गरेपछि बोली बुझिएन । तर उहाँको शाषन स्पष्ट रुपमा बुझियो । शुशील कोइरालाको बोली बुझिएन, तर कर्म बुझियो । संविधानको पुस्तक त उनै कोइरालाको नायकत्वमा लेखियो नि । भाषण त उहाँभन्दा अगाडिका चारजना प्रधानमन्त्रीको निकै राम्रो थियो नि । भाषण होइन, राजनीतिज्ञको शाषन बुझिनुपर्छ ।” शर्माले भने ।

    “अहिले केपी ओलीको भाषण यति मजाले बुझिन्छ, तर कर्म नबुझेर मान्छेहरु हैरान छन् ।” उनले थपे ।

    नेपाली कांग्रेस प्रतिपक्षीमा बसेर अनावश्यक विरोध नगरेको स्पष्ट पार्दै शर्माले सरकारलाई काम गर्नका लागि कसैले पनि नरोकेको जिकिर गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…