• एजेन्सी– हालसम्म पनि नेपालीहरुमाझ चन्द्रमालाई देवताका रुपमा पूजा गर्ने चलन कायम छ। नेपालमा मात्रै होइन विश्वका कतिपय सभ्यता र मिथकहरुमा समेत चन्द्रमाले विभिन्न उपमा र स्थान पाएको छ। सौर्यमण्डलमा अवस्थित पृथ्वीको एकमात्र उपग्रह चन्द्रमालाई विश्वभरका साहित्यकारहरुले आफ्ना साहित्यिक रचना तथा लेखहरुमा विभिन्न बिम्बका रुपमा पनि प्रयोग गरेका छन्। यस्तो अनुपम महिमाका रुपमा प्रयोगमा रहेको चन्द्रमाको अब नक्कली स्वरुपसमेत तयार हुने भएको छ।

    मानव निर्मित यो चन्द्रमाले हामीले आकाशमा देख्दै आएको चन्द्रमाले भन्दा ८ गुणा बढी प्रकाश फाल्न सक्नेछ। चीनको सुचिवाङ प्रान्तको दक्षिणपश्चिममा रहेको एक कम्पनीले सन् २०२० सम्म यस्तो कृत्रिम चन्द्रमा निर्माण गरिसक्ने बताएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्।

    सडकमा रहेका बत्तीहरुलाई विस्थापित गर्ने उद्देश्यले यस्तो चन्द्रमाको निर्माण गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ। यदि यस योजनाले मुर्त रुप पाएको खण्डमा अब आकाशमा एक मात्र होइन, धेरै चन्द्रमा देखिनेछन्।

    मानव निर्मित यस्ता कृत्रिम चन्द्रमालाई एक अर्काको समिपमा राखिने र सूर्यको किरणबाटै प्रकाश फैलाउने चिनियाँ सञ्चार माध्यमले जनाएका छन्। पहिलो मानव निर्मित चन्द्रमाको रुपमा सिचुवाङको जिचाङ भूउपग्रहबाट तीन कृत्रिम चन्द्रमाको सन् २०२२ सम्म प्रक्षेपण गर्ने तयारी गरिएको छ। पहिलो प्रयास सफल भएको खण्डमा अन्य कृत्रिम चन्द्रमालाई पनि प्रक्षेपण गरिने कम्पनीले जनाएको छ।

    परियोजनाका प्रमुख वु चुनफेंगले अक्टोबर १० का दिन आफ्नो यस्तो महत्वाकांक्षी योजनाका विषयमा जनाकारी गराएका हुन्। चीनको ताई फु न्यू एरिया साइन्स सोसाइटीले यय परियोजना सञ्चालन गरिरहेको छ।

    यो परियोजना सफल भएको खण्डमा सिचुवान प्रान्तले सडक बत्ती बाल्न खर्च गर्ने वार्षिक १.२ बिलियन युआन बचत हुने अपेक्षा छ। यस्तो एक चन्द्रमाको प्रकाशले ५० वर्ग किलोमिटरसम्म उज्यालो हुने विश्वास गरिएको छ।

    कृत्रिम चन्द्रमा बनाउने प्रयास गर्ने चीन पहिलो देश भने होइन। चीन भन्दा पहिला १९९० को दशकमा नै रसियाले यो प्रयास गरेको भए पनि उसको प्रयासले अपेक्षाकृत प्रतिफल दिएको थिएन। ९० को दशकको तुलनामा हाल वैज्ञानिक रुपमा धेरै नै प्रगति भएकाले चीनको यो प्रयासले नतिजा ल्याउन सक्ने विश्वास गरिएको छ। पछिल्ला वर्षहरुमा चीनले विश्वलाई नै चकित पार्ने वैज्ञानिक आविष्कारहरु गरिरहेको छ।

    निर्माण हुने कृत्रिम चन्द्रमामा सरकारी लगानी रहेको छ वा छैन भन्ने विषयमा भने केही खुलाइएको छैन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…