• काठमाडौं । संगीतको बजार अहिले लोकशैलीमय भएको छ । कुनै बेला लोकगीत भनेपछि संकुचित सोच्ने नेपाली दर्शकले अहिले लोकशैलीका गीतमा रमाउन थालेका छन् । ती गीत कसरी हिट छन् भनेर मापन गरिने माध्यम चाहिँ अहिले युट्युब भएको छ । युट्युबमा जुन गीत चल्यो, त्यही गीतलाई अहिले सर्वाधिक रुचाइएको गीत भन्न थालिएको छ ।

    गीतकार रत्नशमशेर थापा भन्छन्, ‘युट्युबमा बज्दैमा त्यो गीत हिट भएको भनिन्छ, गीतको मर्म जे जस्तो भए पनि गीत हिट भन्ने प्रवृत्ति बढ्यो, यसले हाम्रो संस्कृति खस्काउँदै लैजान्छ ।’

    उनका अनुसार पछिल्लो समयको गीती बजार सन्तोषजनक पनि छैन । गीतमा जुन शक्ति र भाव हुन्थ्यो, अहिले त्यस्तो भाव खोज्न निकै सकस छ । अझ अर्को कुरा त भावपूर्ण गीतलाई दर्शकले चासोका साथ सुन्न समेत भ्याएका हुँदैनन् ।

    अर्का वरिष्ठ गायक प्रेमध्वज प्रधानको भनाइ पनि लगभग यस्तै छ । उनी पनि पछिल्लो समय युट्युबलाई मात्र मापनको आधार मान्न नसकिने धारणा राख्छन् । तर गीत बज्ने अर्को मिडियाको माध्यम रेडियो तथा टेलिभिजनमा पनि जुन गीत युट्युबमा चलेका छन्, तिनै गीत प्रसारण गर्ने चलन छ । उनी भन्छन्, ‘दर्शक तथा स्रोताले जुन गीत सुन्ने÷हेर्ने गर्छन्, त्यसका आधारमा रुचाउनेहुन्, अहिले त राम्रा गीत प्रसारण समेत गरिएका हुँदैनन्, दर्शकसम्म स्तरीय गीत नपुगेपछि अरु गीत चल्ने भइहाले ।’
    उनको सुझाव के छ भने, स्तरीय गीतलाई कम्तिमा मिडियाले समय दिनुपर्छ । दर्शक तथा स्रोतासामु पु–याउनुपर्छ ।

    यो त एउटा पक्ष भयो, अर्कातिर अहिले युट्युबमा दैनिक सयौँ गीत रिलिज भएका हुन्छन् । तीमध्ये निकै कम गीत मात्र चर्चामा रहन्छन् । अन्य गीत गायक÷गायिकाको सर्कल समूहमा मात्र रुमल्लिएका हुन्छन् । यसको एउटै कारण कच्चा गीतको बाढी भएको संगीतलाई नजिकबाट बुझेका संगीत पारखीहरु बताउँछन् । एक संगीतकर्मी भन्छन्, ‘अहिले मान्छेलाई बेकारको हतारो छ, जे गर्दा पनि हतार नै छ, गीत पनि त्यस्तै हतारमा निकालिन्छ, त्यसैले गीत युट्युबमा सीमित हुन्छन्, दर्शकको मनसम्म पुग्दैनन् ।’

    दशैँ र तिहारमाथि रचिएका गीतको पनि युट्युबमा बाढी आएको छ । तर, दर्शक भने अहिले पनि तिनै पुराना गीत खोजी गरिरहेका हुन्छन् ।

    ती गीत, जुन गीत दर्शकको मनसम्म पुग्न सकेका छैनन्, ती गीतलाई युट्युबको मात्र भर छ । न ती गीतले अन्य माध्यमबाट आफूलाई अगाडि ल्याउन सकेका हुन्छन्, न त मिडियामा नै गीतका बारेमा लेखिएका हुन्छन् । ती गीतको बाँच्ने आधार भनेको युट्युब मात्र बन्ने गर्दछ ।

    नेपाली गीतः युट्युबको शिकार कि भर?

    धेरै गीत युट्युबकै भरमा सार्वजनिक भएर दर्शकमाझ पुगे पनि कतिपय कामचलाउ गायक–गायिकाले भने युट्युबलाई कमाइ खाने बाटो बनाउन खोजेका छन् । जसका कारण गीतको स्तर त खस्किएको छ नै राम्रा गीत पनि ओझेलमा परेका छन् । अझ पछिल्लो समय त जुनै हालतमा भए पनि हिट हुनुपर्छ भन्ने उद्देश्यले अनेक ‘काण्ड’ गरेर पनि गीतलाई अगाडि ल्याउन खोजिने गरिन्छ ।

    अहिले बजारमा आइरहेका गीतलाई मान्छेले कसरी हेर्न थालेका छन् भने युट्युबको भरले नेपाली संगीत धानेको होइन, बरु युट्युबका कारणले बजारमा सस्ता गीतको बाढी आएको बताउँछन् । यस कारण नेपाली संगीत युट्युबको शिकार हुँदै गएको समेत भन्न थालिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…