• घोराही, ६ कात्तिक

    नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ ।

    नेकपा दाङले दशैँका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले ओलीको सरकार गिराउने विषय अफवाह मात्रै भएको स्पष्ट पार्नुभयो ।

    “हाम्रोबीचमा केही समस्या छैन, मिडियाले हल्ला फैलाएको मात्रै हो”, नेता नेपालले भन्नुभयो, “वामदेव निर्वाचन लड्ने कुरा पनि धेरै हल्ला भयो, त्यो सबै झुट हो ।”

    नेता नेपालले नेपालको कम्युनिष्ट सरकार विश्वकै लागि प्रेरणाको विषय बनेको उल्लेख गर्दै नेपाली काङ्ग्रेसबाट सरकारले रचनात्मक प्रतिपक्षको अपेक्षा गरेको बताउनुभयो ।

    नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले नेपालको कम्युनिष्टले प्राप्त गरेको जनताको मत विश्व इतिहासमा चर्चा र प्रशंसा हुने गरेको धारणा व्यक्त गर्नुभयो ।

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले जनप्रतिनिधिले लिएको सुविधालाई ठूलो विषय नबनाउन आग्रह गर्नुभयो । “हिजोको विकास समितिसँग अहिलेको सरकारको तुलना हुन सक्दैन”, उहाँले भन्नुभयो, “हिजोको गाविस सचिवभन्दा अहिले वडाअध्यक्षको कामको दायरा फराकिलो छ ।”

    नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीको एकीकरणपछि औपचारिकरुपमा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा जिल्लादेखि वडास्तरका जनप्रतिनिधिको सहभागिता थियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…