• काठमाडौँ, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ चीनको गोन्जाओमा हुन लागेको ‘मेरिटाइम सिल्क रोड इन्टरनेशनल एक्पो’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

    ग्वान्जाओस्थित बैयान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यही कात्तिक ९ गते हुने ‘बेल्ट एण्ड रोड ग्रिन इण्डस्ट्रियल इन्ट्रिगेसन फोरम’ को उद्घाटन सत्रलाई उहाँले सम्बोधन गर्नुहुनेछ । सम्मेलनका क्रममा बेल्ट एण्ड रोड सहकार्यका संयन्त्र र पर्यावरणीय कृषि, विज्ञान तथा प्रविधि, वातावरण, नवऊर्जा तथा अन्य हरित उद्योग परियोजनाका बारेमा समेत छलफल हुनेछ ।

    यही कात्तिक ८ देखि ११ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न देशका सरकारका प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा विभिन्न देशका १५० भन्दा बढी प्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…