• काठमाडौं– वीर अस्पतालको आकस्मिक सेवा विभागमा एकजना मिर्गौलाका बिरामी भर्ना भए । पेट फुल्ने, दिसापिसाव नहुन समस्याका कारण उनलाई आफन्तले वीर अस्पतालको लगेका थिए ।

    गत शुक्रबार (दशैंको टिकाको दिन ) उनको डायलाइसिस गर्नुपर्ने थियो । समयमा डायलाइसिस गर्न नजाँदा स्वास्थ्य समस्या बढेपछि आकस्मिक रुपमा अस्पतालमा भर्ना गरी डायलाइसिस गरिएको वीर अस्पतालका इमजेन्र्सी विभागका प्रमुख डा. भोलाराम श्रेष्ठले बताए ।

    ‘डायलाइसिस गर्नुपर्ने दिनमा अस्पताल नआएर टिका लगाउन हिँड्दा झन्डै ज्यान गएन, आकस्मिक रुपमा भर्ना गरेर आइतबार डायलाइसिस ग¥यौं,’ डा. श्रेष्ठले  लोकान्तरसँग भने, ‘यसरी दशैंमा मासु धेरै खाएर मिर्गौला सम्बन्धि समस्या भएका धेरै बिरामीहरु आएका छन् ।’




    दशैंमा धेरै मानिस उपत्यकाबाट बाहिरिएका कारण अस्पतालहरुमा बिरामीको चाप दशैं अघिको भन्दा कम नै छ । तर खानपानका कारण स्वास्थ्य समस्या लिएर आउने बिरामीको चाप भने अन्य समयको भन्दाबढी रहेको डा. श्रेष्ठले बताए ।

    ‘दशैंभन्दा अघि भन्दा चाँहि बिरामी कम नै छन, अहिले आउने बिरामीहरु धेरैजस्तो मिर्गौला, पेट सम्बन्धि रोगका बिरामीहरु बढी आएका छन्, ‘डा. श्रेष्ठले लोकान्तरसँग भने, ‘खानपानका कारण लाग्ने रोगका बिरामीहरु नै बढी आइरहेका छन् ।’

    दशैंको खानपानका कारण पेट दुख्ने, वान्ता हुने, मासु र रक्सी सेवनका कारण आन्द्रा मिर्गौलामा समस्या भएका र ग्यास्ट्रिकका बिरामीहरु बढी आएको डा. श्रेष्ठले बताए ।

    दशैंको बेलामा राखिएको मासुसेवनका कारण पेट सम्बन्धि रोगका बिरामीहरु अझै बढ्न सक्ने बताए । उनले दशैंमा धेरै दिन अघि काटेको मासु नखान सुझाव समेत दिए ।

    टेकु अस्पतालमा एकै परिवारका १७ जनामा ‘फुड पोइजन’

    दशैंको खानपानका कारण ‘फुड पोइजन’ भइ एकै परिवारका १७ जना बिरामी परेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

    दशैंको टिकाको दिन (शुक्रबार) सामुहिक रुपमा खाना खाएपछि पखाला लाग्ने, वान्ता हुने, ज्वरो आउने समस्या भएपछि उनीहरु शुक्रबार बेलुका टेकु अस्पताल पुगेका थिए ।

    ‘दशैंमा सामूहिक रुपमा खानाखाँदा सरसफाइ र स्वास्थ्यमा ध्यान नपु¥याउदा एकै परिवारका १७ जना अस्पतालमा आएका थिए, केहीलाई भर्ना नै गरेर उपचार गरियो,’ डा. पुनले भने, ‘अहिले खानापानका कारण देखिने समस्या लिएर बिरामीहरु आइरहेका छन्, घरघरमा दशैंको माहोल र दशैंको मासु अझै सक्किएको छैन, अष्ठमीकै दिन काटेको मासु अहिलेसम्म खाँदा त्यसले फुड पोइजनको समस्या अझै बढ्न सक्छ ’

    दशैंमा खानपानमा ध्यान नदिदाँ फुड पैजनका कारण पेट सम्बन्धि रोगका बिरामी अझै बढ्न सक्ने डा. पुनले बताए ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…