• काठमाडौं ,७ कार्तिक । काठमाडौं म्हेपीका असईले जुवा खालबाट पैसा लुटेको भन्दै रकम फिर्ताका लागि जुवाडेको समूह प्रहरी शरणमा पुगेको छ।

    जुवाडे समूह लुटेको पैसा फिर्ताका लागि पहल गरिदिन महानगरीय प्रहरी अन्तर्गतको अपराध महाशाखाका अधिकारी समक्ष पुगेको हो। व्यक्तिगत चिनजानमा रहेकाहरुले एक जना असर्इले पैसा लुटेको विवरण टिपाउने कार्य गरेको महाशाखाले जनाएको छ ।

    म्हेपी अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिचित्र थापा मगरको टोलीले सोमबार राती म्हेपी रेडन कलेज नजिकको घरमा जुवा चलिरहँदा छापा मारेको थियो।

    प्रहरी पोशाकमा रहेका थापा सादा पोशाकका चार युवाका साथ छापा मार्न पुगेका थिए। दरबार दोहरीका संचालकमध्ये एक दिनेश पराजुली स्वामित्वको सो भाडाको घरमा लाखौं रुपैयाँको जुवा चलिरहेको थियो। जुवाडे समूहले भाडामा लिएर केही समययता सो घरमा जुवा खाल सञ्चालन गर्दै आएका थिए।

    असई थापा नेतृत्वको टोली जुवाघरमा पुग्दा सोमबार मध्यराति भागदौड मच्चिएको थियो। जुवाडे त्यहाँबाट निस्केपछि खालमा रहेको रकम झोलामा हालेर उनी त्यहाँबाट निस्किएका थिए। जुवाडेहरुले अपराध महाशाखाका प्रहरी अधिकारीलाई दिएको रिपोर्ट अनुसार त्यहाँ १७ लाख रुपैयाँ रहेको बताईएको छ ।

    जुवा खेलाउने समूहले दुई लाख रुपैयाँ लिएर १५ लाख रुपैयाँ फिर्ता दिन अनुरोध गरेको थियो। असई थापाले पाँच लाख रुपैयाँ राखेर १२ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए।

    स्रोतका अनुसार व्यवसायिक जुवा खेलाउने समुहका सदस्यले रकम फिर्ता नदिए प्रहरीको माथिल्लो निकायमा जाने चेतावनी दिएपछि मात्र उनी १२ लाख रुपैयाँ फिर्ता गरेका थिए। पाँच लाख रुपैयाँ आफैँसँग राखेकोमा असहमत जुवाडे समूहका केही नाता खोज्दै मंगलबार अपराध महाशाखा प्रहरी अधिकारी समक्ष पुगेका हुन्।

    घटनाबारे थप अनुसन्धान भइरहेको बताईएको छ । नेपाल समाचार पत्रबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…