• काठमाडौं,७ कार्तिक । महानपर्व दशैंसँगै राजधानी काठमाडौंमा केहि प्रहरीको असुली धन्दा चम्केको छ । प्रहरी भित्र असुलीमा तछाड्मछाड गर्नेहरु विच चर्चासमेत बढेको हो ।

    महानगरीय प्रहरी वृत्त गौशालाका घुमुवा प्रहरी हवल्दार राधेश्याम सोनारको अशुली आतंकले सो क्षेत्रमा आतंकनै मच्चिएको छ ।

    गौशालाचोकबाट तिलगंगा ओरालो झर्दा पहिलो दाहिनेतर्फ बत्तीसपुतली छिर्ने सडकमा गुडिया नामले यस क्षेत्रमा चिनिने रञ्जु सिंहको अखडालाई संरक्षण मात्रै गरेका छैनन् की श्रेष्ठलाई मासिक रूपमा २० हजार रूपैयाँ दिने भन्दै गुडियासँग रकम नै लिने गरेका छन् । गौशालामा सरुवा भईआएका सोनारको दरबन्दी नक्सालस्थित १ नम्बर गणमा भएपनि त्यहाँ नगई विगत ४ वर्ष देखि उनी त्यहीँ कार्यरत छन् ।

    अहिले घुमुवा सोनारको असुली धन्दा व्यापक रहिआएको छ । त्यस्को अलावा ९ वर्षदेखि गौशालाको मुद्दा शाखामा कार्यारत भवी प्रधानले सेवाग्राहीसँग खुलेआम रकम माग्ने गर्दछन् । दुई पटकसम्म कालिमाटी वृत्तमा सरुवा भएपनि उनी गएका छैनन् । प्रधानले मुद्दा चलाउनुपर्ने केसमा सेवाग्राहीलाई मुद्दा बुझाउनका लागी कागज किन्नुपर्ने, फोटोकपी गर्नुपर्ने भन्दै अनेक बहानामा सोझै रकम असुल्ने काम गर्दैैआएका छन् ।

    जब की प्रहरीले मुद्दा चलाउनुपर्ने भएकै कारण हरेक कार्यालयमा मसलन्द, स्टेशनरी, विविधका नाममा बजेटको छुट्टै व्यवस्था गरिएको हुन्छ । तर, हवल्दार प्रधानले सेवाग्राहीसँग मुद्दा बुझाउने नाममा सोझै रकम माग्ने गरेका छन् । यो घटना प्रनितिधिमुलक मानि हामीले आवाज उठाउन वाध्य भएका हौं ।

    यो कुरा परिसर एवम् मेट्रोबाट गोप्य रूपमा बुझेको खण्डमा पनि थाहा हुन सक्छ । उनीसँग नजिक रहेकी र उनकै कोठामा बस्दै आएकी एक युवती मार्फत कतिपय केसहरू प्रधानले आँखा चिम्लिएर मिलाउने गरेको छ । त्यस्तै, महानगरीय प्रहरी वृत्त जनसेवाका घुमुवाहरूले पैसाको बार्गेनिङ्ग गर्दै समान छोड्दै आएका छन् ।

    पैसामा चित्तबुझ्दो भए समान पक्राउ नगर्ने र चित्तबुझ्दो नभए पक्राउ गरेर भन्सार बुझाउने कार्य समेत यहाँ हुँदै आएको छ । सादा पोशाकमा खटेका हवल्दारद्वय पदम भट्टराई, बाबु लामा र प्रहरी जवानद्वय शेरबहादुर साउद, नरेश खड्का घुमुवाका रूपमा परिचालित छन् भने क्युआरटी नाममा खटेका प्रहरी जवानद्वय दिलीप भण्डारी, नन्दलाल पनेरूले वीरगञ्ज बाट काठमाडौँसम्म कपडा ल्याई व्यवसाय गर्ने ट्रान्सपोर्ट चालक मदन रुन्चेदेखि रमाशंकर गुप्ता र गुडु गुप्तासंँग पैसाको बार्गेनिङ गर्ने र नमिले भन्सार बुझाउने समेत गरेका छन् ।

    यी व्यापारीहरूका कपडाहरू भन्सार छली गरी चोरी तस्करी गरी ल्याएको भन्दै जनसेवा वृत्तबाट परिचालित घुमुवाहरूले पक्राउ गरी भन्सारमा बुझाएका थिए । एक महिना अवधिमा ६ पटकसम्म चोरी तस्करी गरी कपडा ल्याएको भन्दै यो घुमुवा समूहले सामान पक्राउ गरेको थियो ।

    यसमध्ये २ घटनामा बार्गेनिङ गरी रकम लिएर छोडेको र ४ पटक आवश्यकभन्दा बढी रकम बार्गेनिङ गरेपछि कुरा नमिलेको कारण भन्सारमा बुझाएको थियो । मदन रुन्चे र गुप्ताहरू कपडा ब्यापारीका रूपमा चिनिन्छन् । त्यस्तै, महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी चिरञ्जीवी कोइराला समेत विवादमा तानिएका छन् । नागार्जुनको अप्रेसन होस् या भाद्र ११ गतेको जुवाअखडा नै किन नहोस् ।

    उनी ज्यादै विवादित बन्न पुगेका छन् । घटना गएको ११ गते सोमवारको हो । जुन दिन गाईजात्रा थियो र उपत्यकामा बिदा पनि । बालाजु बाइपास माछापोखरी नजिक तरकारी बजारको विपरीततर्फको सानो मन्दिर नजिकै हरिवंश नाम गरेका व्यक्तिको घर रहेको छ । उक्त घर पहिलेदेखि नै बेलावखत चर्चामा आउने घर हो यस अर्थमा की उक्त घरमा ठूलो जुवा चल्ने गर्छ । यीनै हरिवंशको घरमा जुवा चलिरहेको थियो ।

    बालाजु वृत्तबाट घुमुवाहरू पुगे । होहल्ला गर्दै जुवा खेलेपछि ५ जना घुमुवा जुवाखालमा त पुगे तर जुवाडेलाई पक्राउ भने गरेनन्, जुवाखालमा रहेको रकम पनि बरामद गरेनन् बरु केही समय बसेर मोटो रकम लिइ फर्किए । घुमुवा फर्किए लगत्तै पुनः जुवा सञ्चालन भयो । यो समय दिउँसो २ बजेर ३० मिनेटको हो । जुवा सञ्चालन गर्ने घरधनी हरिवंशका छिमेकी घरमा निरन्तर जुवा भइरहन्छ, बिदाका दिनमा अझ बढी । हरिवंशको घर भएपनि प्रहरीदेखि स्थानीय केही गुण्डा मिलाउने काम शंकर महर्जनले गर्ने गर्छन् ।

    त्यस दिन पनि ती प्रहरीलाई रकम दिइ पक्राउ नगरी पठाउने काम तिनै शंकर महर्जनले गरेका छन् । उनीहरूले अनावश्यक व्यक्ति प्रवेश गरी होहल्ला हुने, सेटिङ नमिलेका प्रहरीहरू आउन सक्ने भन्दै जुवा अखडा भन्दा बाहिर प्रहरीले जस्तो ढोके समेत राख्ने गरेका छन् । ती ढोकेको नाम मीठाराम सिलवाल हो ।

    उनले नै सबै सूचना जुवा चलाउने घरधनीदेखि मेनेजर शंकर महर्जन सम्म पुर्‍याउने गर्छन् । जुवा खेल्न जाने जुवाडेहरूलाई रकम नभएका खण्डमा लगानी गर्ने काम भने मोहन खड्काले गर्दै आएका छन् । हरिवंशको सो जुवा अखडामा जुवा खेल्ने नियमित ग्राहकहरूमा काशीराम, एलपी, कुमार , नारायण, माधव, रोशन, शिव, रामशरण, सुन्दर, लाहुरे, त्रिपाठी, कालु तामाङ र कपिल मुख्य रहेका छन् ।

    उता, महानगरीय प्रहरी बृत्त बौंद्धमा घुमुवामा खटिएका सई आङकाजी शेर्पाको समेत अशुली धन्दा उस्तै छ । तत्कालीन निलम्बित डिएसपी श्यामकुमार राइले उनलाइ गणबाट तानेर सिभिल टोलीमा ल्याएका थिए। त्यसो त डीएसपी राई र सई शेर्पा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत सँगै बसेका थिए । र, अहिले पनि विभिन्न अवैध अखडाबाट रकम उठाउन मोहन भट्ट, प्रहरी जवान हरिश जोशी लगायतले ब्यापक मात्रामा अशुली गर्दैआएका छन् । विभिन्न डान्स, दोहरी र डीसेफ रिर्सोटबाट शेर्पाले रकम उठाउने गरेका छन् ।

    यस्तै , महाशाखा प्रमुख एसएसपी धिरज प्रतााप सिंहबाट धेरै आशा गरिए पनि उनको टीम प्रभावकारी हुन नसकेकाले उनी पनि सफल हुन सकेका छैनन् । उनी अनुपम फुडल्याण्डका संचालक कृष्ण पौडेलको इशारामा चल्ने गरेका छन् । महाशाखामा एसएसपी सिंहले डीएसपीको रुपमा सरुवा गरेका सोमेन्द्रसिंह राठौर एसपी बढुवापछि पनि त्यहीँ पदस्थापन भए । एसपी राठौर र डीएसपी रुगम कुँवर महाशाखाका प्रमुख एसएसपी सिंहका अति निकट मानिन्छन् ।

    तर, उनीहरुले वरीपरी यस्ता पात्र राखेका छन्, जो विगतमा पटकपटक आर्थिक अनियमिततामा मुछिने गरेका छन् । राठौर र कुँवरका निकट (असई) कमल परियारको अशुली धन्दाकै कारण एसएसपी सिंह बिवादमा तानिने पक्कापक्की भएको छ । चितवन हुँदा जुवा अखाडा देखि तस्कर र विभिन्न ब्यवसायीहरुसँग घुस असुलीमा निकै बदनाम भएका ९असई० कमल क्षेत्री भन्ने कमल परियारलाई पनि डीएसपी कुँवरले अपराध महाशाखामा ल्याइ असुलीमै लगाएको हो । क्षेत्री चितवनमा हुँदा विवादमा परेपछि सप्तरीमा सरुवा भएका थिए ।

    चितवनमा धेरै नै विवादमा परेका उनी निर्वाचनमा सप्तरीमा खटाउँदा समेत गएनन् । उनी आफ्नु दरबन्दी सप्तरीमा नगएपछि उनका बारेमा ब्यापक बिरोध भएपछि चितवनका तत्कालीन एसपी दीपक थापाले सप्तरीमा नै रमाना दिएका थिए । कुँवर चितवनमा प्रहरी निरीक्षक हुँदै क्षेत्रीको असुली क्षमताबारे जानकार भएकाले उनलाई महाशाखामा ल्याएका हुन् ।

    सुनप्रकरणमा सई बालकृष्ण संजेल र डीएसपी प्रजित केसीको गाडी चलाएर मोरङमा सनम शाक्यको शव ब्यवस्थापन गर्न गएका सवारी चालक सुरेन्द्र कार्कीलाई पनि डीएसपी रुगम कुँवरले घुमुवा राखेका छन् । सुन छानबिन समितिले उनलाई पनि बयान लिएर छाडेको थियो । कार्की ६ बर्ष चितवन जिल्ला प्रहरीमा घुमुवा बसेका थिए । चितवन घर भएका उनलाई कुँवर प्रहरी निरीक्षक हुँदा पनि घुमुवा राखेका थिए ।

    अहिले महाशाखामा पनि उनी कुँवरकै घुमुवा छन् ।   कार्की चितवनमा ५ बर्ष घुमुवा बसी अति बदनाम भएपछि सरुवा भएका थिए । उनीहरुको काम एसएसपीलाई सफल बनाउने भन्दा पनि असुलीतिरै केन्द्रित छ । सई दीपेश कौशिक, गजेन्द्र रावल, प्रसन्न मल्लहरुको रैथाने टीमका कारण पनि एसएसपी सिंहले ठूला अपराधका घटनामा सफलता पाउन सकेका छैनन् । उता, कमलपोखरी वृत्तका घुमुवा हवल्दार राजन सुवेदीले खुलेयाम रकम असुली गरिरहेका छन् ।

    कीर्तिपुर वृत्त दरवन्दी भएका सुवेदीले केही रेष्टुरेन्ट संचालकहरूसँग रकम माग्ने र नदिए ९र१० बजे नै रेष्टुरेन्ट बन्द गराउने दवाव दिदै आएको भन्ने ब्याबहोरा सहितको गुनासो एवं उजुरी यस कार्यालयमा मिति २०७५ कार्तिक ७ गते पर्न आएकोले सत्य तथ्य,निष्पक्ष एवं सूक्ष्म ढंगले अनुसन्धान गरी दोषी प्रहरी लाई कार्वाही गरी आगामी दिनमा प्रहरीको मनोबल थप गिर्नबाट रोक्न यस कार्यालयले थप भुमिका खेलोस भन्दै उजुरी दर्ता गराइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…