• दशैको शुभकामना है साथी !
    यासेलि योङ हाङ

    ओ साथी
    अनगिन्ती पशु पञ्छिको
    रगतमा लत्पतिदै
    मासुको पिस पिस बनेर
    दैलोमै दशै आइ पुगेको छ
    तिमिलाइ
    दशैको अनेकौ शुभकामना है ।

    दशै (१८३१)
    उता
    पुर्वमा
    जङ्गी निसान सङगै
    लिम्बू (सुब्बा)र राइ (थरी, मुखिया)हरुको
    अस्तित्व माथि
    रक्तपात मच्चाउदै
    बडो उल्लासका साथ
    राम्लिहाङ र रिदामाको सुकेको रगतमा
    का...........लो
    अनि घुर्मै...........लो
    भएर शुरु भइ सकेको छ ।
    दशैको शुभकामना तिमिलाइ !

    दशै (१६१६)
    उता पश्चिमतिर तेस्तै
    राजा खडका मगरको
    बलि सङ्गै सुरु भइ सकेको छ
    अझै कैयौ मगरहरु
    यस्पालि पनि बलि चढ्नेछन ।
    साथी उमङ्ग साथ हामी दशै मनाउ है
    दशैको शुभकामना तिमिलाइ ।

    दशै (१८२६)
    गुरुङ बस्तिमा
    हरेक घरको दैलो दैलोमा
    रक्त रञ्जित हत्केलाको छाप सङ्गै
    उन्मत्त भएर दशै नाची रहेको छ ।
    यता
    नेवार बस्तिमा त
    नाक कानको थुप्रो लागेकै दिन देखि
    सिधै गोर्खाबाट
    हरेक बर्ष
    औपनिवेसिक सङ्गीन
    फुलपाती आउदैछ
    अहा
    कति रमाइलो हगि
    हर्षोल्लासका साथ
    धुमधाम मनाउनेछन नेवारहरुले ।
    साथी तिमिलाइ दशैको शुभकामना है ।

    माथी
    सुनकोशिको तिरै तिर भएर
    तिमाल बेशिको बिचैबाट
    रिन्जेन दोर्जेको षडयन्त्रपुर्वक हत्यासङ्गै
    सबैको काल बनेर तामाङ बस्तिमा
    भित्री सकेको छ दशै

    छिमेकि रास्ट्रबाट
    अतिवादी, दानवीय
    अनि षोसकीय
    हिन्दु सास्म्राज्य फैलाउदै
    हर्षोल्लासका साथ
    अतिक्रमित हाम्रो यो देशको
    चारै तिर दशै आउदैछ ।
    हो साथी
    अतिवादी हिन्दुहरुले
    जवर्जस्त लादेको
    हिन्दु बिरासद हामिले थाम्नै पर्छ है ।
    हिन्दुहरुको महान चाडको अवशरमा
    शुभकामना तिमिलाइ ।
    शुभकामना तिम्रो सन्तानलाइ ।
    शुभकामना दासत्व स्वीकार्ने तिम्रो महान मन लाई ।

    https://www.facebook.com/yaseli.yonghang

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…