• बिराटनगर/ प्रतिभा हरेकमा हुन्छ । तर बहुप्रतिभाशाली विरलै भेटिन्छन । भएको प्रतिभालाई प्रस्फुटन गर्ने अवसर नपाएर खुम्चिएका पनि प्रसस्त पाईन्छन । तर सानै उमेरमा बहु आयामिक प्रतिभा भएका व्यक्ती भने कहिँ कतै मात्रै भेटिन्छन । यसैका प्रतिनिधि हुन – विरेन्द्र कुमार शाह । उमेरले किशोरावस्थाको संघारमा पुगेका विरेन्द्र कुमार शाहको परिचय धेरै छ । मोरङको सुनाबर्शी २ सुगाबजारमा पिता राजेन्द्र र माता प्रमिला देविको कोखबाट २१ र्ष अघि जन्मिएका विरेन्द्र सोही ठाउँको सुगाहट निमाविमा कक्षा ४ मा पढ्दै देखि सामाजिक क्षेत्रमा लागे । शुरूवातमा विध्यालयमा आयोजना गरिने चित्रकला, वक्तृत्वकला, हाजिरिजवाफ लगायतका अतिरिक्त कृयाकलापहरुमा सहभागिता जनाई थुप्रै पुरस्कारगरु प्राप्त गरे ।

    सोही बेला देखि बालबालिकाको क्षेत्रमा सकृय संस्थाहरु प्लान र फरेनको सहयोगमा बाल अधिकार संबन्धी कार्यक्रमहरुमा सहभागी हुन थाले । उनी संगैका साथीहरूले विध्यालय र घरमै सिमित भईरहँदा उनी भने बाल अधिकार संबन्धी थुप्रै कार्यक्रम र तालिमहरुमा सहभागी भएर त्यस विषयमा विध्यालयमा साथिहरुलाई बुझाउन सक्ने भईसकेका थिए । गुरु र साथिभाईका अगाडी उभिएर निर्धक्क बोल्न सक्ने भईसकेका थिए । यसरी बाल क्लवबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका विरेन्द्रको सक्रियताको क्षेत्र अहिले निकै फराकिलो बनेको छ । अधिकारकर्मी, संचारकर्मी, सरसफाई अभियान्ता, स्टेज कार्यक्रम प्रस्तोता, कलाकार, म्युजिक भिडियो निर्देशक हुँदै उनी गितकार समेत बनिसकेका छन ।

     

    गुरु र अग्रजसंग आदारपुर्वक बोल्ने स्वभाव भएका विरेन्द्रसंग सानै देखि साथिभाईलाई मिलाएर नेतृत्व गर्ने खुबी थियो । विध्यालयमा गठन भएको बाल क्लबमा समेत उनले सबै साथिभाईलाई मिलाएर राखेका थिए । सबैलाई सक्रिय बनाएका थिए । स्टेजमा निर्धक्क बोल्न सक्ने हुनाले उनले सानैदेखि माईक्रोफोन समाउन पाए । गाविस स्तरिय बाल क्लब संजालको अध्यक्ष भएर समुदायमा बाल अधिकार संरक्षण, बाल विवाह नियन्त्रण, जोखिममा परेका बालबालिकाको उद्दार गर्ने क्रममा उनको पहुँच जिल्लाका सरकारी र अन्य गैह्रसरकारी संस्थाहरुसंग समेत भयो । यसक्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने विराटनगरको संस्था फरेन संग उनी आवद्ध भए र त्यहाँबाट प्रकासित हुने पत्रीकाको संपादन समुहको सदस्य समेत बने ।

     

    उनको कार्यक्रम संचालन शैली र प्रतिभाबाट प्रभावित भएर रेडियो सुनाखरी ईटहराका स्टेसन म्यानेजर युवराज पौडेलले कार्यालयमा बोलाएर कार्यक्रम चलाउने अवसर दिए । त्यतिबेला उनी १५ वर्षका थिए । रेडियो कार्यक्रम संचालन संबन्धी कुनै औपचारिक तालिम बिनै रेडियो सुनेकै भरमा उनले रेडियो सुनाखरीमा आधा दर्जन कार्यक्रम चलाए तर उनको कुनैपनी कार्यक्रम व्यवसायिक उद्घोषकहरुको भन्दा कम थिएन । बरु तुलनात्मक रूपमा उनी अन्य भन्दा एककदम अगाडि निस्किए । स्रोताले निकै रुचाए । करिब २ वर्ष रेडियो सुनाखरीमा काम गरेपश्चात एसएलसी परिक्षा सकाएर थप अध्यनका निम्ति उनी विराटनगर निस्के ।



    यसबीचमा प्लान नेपाल, फरेन, स्थानिय युवा क्लब र सामाजिक संस्थाहरुको सहयोगमा उनले बाल अधिकार, भित्ते पत्रीका प्रकासन, पत्रकारिता, नेतृत्व विकास, क्षमता विकास जस्ता दर्जनौं तालिमहरु समेत लिईसकेका थिए । बाल क्लब हुँदै स्थानीय सुनौलो बिहानी युवा क्लब हसन्दहमा आवद्ध भएर समुदायमा मानव अधिकार, महिला हिंसा न्यूनीकरण, सरसफाई अभियानमा समेत नेतृत्वदायी भुमिका खेले । हसन्दह गाविसको खुल्ला दिशामुक्त अभियानमा स्वंसेवकको रूपमा उनले खेलेको भुमिका अविस्मरणीय रहेको बताउँछन् तत्कालीन सरसफाई समन्वय समिति हसन्दहका सचिव रामकुमार परियार । अभियानमा सक्रिय रहँदारहँदै अध्यनका क्रममा गाउँ छोड्नु परेपछी उनी विराटनगर केन्द्रित भए । यद्यपि बिदाको समयमा गाउँ पुगेर सामाजिक कार्यमा लाग्न भने छोडेनन । विराटनगरको आदर्श उच्च माविमा कक्षा १२ अध्यनर गरेका विरेन्द्र अहिले एभिन्युज टेलिभिजनको मोरंग सम्वाददाता हुन् र युत्युबमा समेत कार्यक्रम चलाउँछन ।



    विभिन्न किसिमका मनोरञ्जनात्मक र समाचारमुलक कार्यक्रमहरु चलाउनुका साथै प्रतिभा (ट्यालेन्ट) भएर पनि बाहिर ल्याउन नसकेकाहरुको लागि सहयोगी पनि छन् बिरेन्द्र। यी बाहेक उनी नृत्यमा समेत दक्ष छन । स्टेजमा उनले प्रस्तुत गर्ने नृत्यले दर्शकको निकै वाहवाही र ताली बटुल्ने गर्छ । प्रतिभाको अद्भुत खानी रहेका विरेन्द्रले सानै उमेरमा धेरै म्युजिक भिडियो निर्देशन गरेर नयाँ पहिचान समेत बनाईसकेका छन । त्यस्तै ५ वर्ष अघि निर्माण भएको ठूलो पर्दाको चलचित्र “मिस्टेक अफ लाईफ“ मा समेत उनलाई देख्न सकिन्छ । उक्त चलचित्रमा छोटो भएपनी निकै महत्त्वपूर्ण र सन्देशमुलक भुमिकामा अभिनय गरेको विरेन्द्र बताउँछन् । बिरेन्द्र प्राय स्टेज शोहरु होस्ट गर्न नेपालका विभिन्न स्थानमा पुग्ने गर्छन र नेपालका प्राय चर्चित अनुहारसँग उनले संगै शोहरु गरिसकेका छन् । बिरेन्द्रको आफ्नै रचनामा मन र साया नामक २ वटा एल्बम समेत बजार मा ल्याइसकेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…