• काठमाडौं, ७ कात्तिक । एक युवती प्रयोग गरी व्यापारीबाट पैसा असल्न खोज्ने दुई जना आफैले बुनेको जालमा परेका छन् ।

    युवती प्रयोग गरी अन्तरङ्ग भिडियो बनाई पैसा असुल्न खोजेको आरोपमा प्रहरीले एक युवती र पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती छन् ।

    उनीहरुले आफैले गोप्य रुपमा अन्तरङ्ग भिडियो बनाई ललितपुर कुपण्डोलका व्यापारीलाई ब्ल्याकमेलिङ्ग गर्न खोजेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    यसरी गरे ब्ल्याकमेलिङ
    इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट ती व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाइन्् । पछि कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बर समेत लिइन ।

    पछि उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै गएको असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमा पुगिन् । त्यहाँ पुगेपछि उनले आफ्नो वास्तविक नाम इन्दु भएको र घर झापा जिल्लाको बुधवारेमा पर्छ भनेर परिचय दिइन् ।

    त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरिन् । त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी किस समेत गरेर त्यहाँबाट निस्किन् ।

    उनी त्यहाँबाट गएपछि आफूलाई ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम माग गरेका थिए । प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले वार्गेनिङ गर्दै आइरहेका थिए ।

    यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो । लामिछानेलाई कार्तिक ६ गते बेलुका गौशालाबाट पक्राउ गरिएको थियो भने उप्रेती आज दिउँसो टेकुबाट पक्राउ परेकी हुन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…