• केशु विरही

    बेलबारी ।संघीय सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जनतासामू राखेका वचनवद्धतालाई आफूले नभुलेको र कहिल्यै नभुल्ने वताएका छन ।

    दशै, तिहार, छैठ लगायत चाडवाडको शुभकामना आदानप्रदान तथा आफ्ना निर्वाचन क्षेत्रका जनतासँगको भेटघाट कार्यक्रममा वेलबारीमा आयोजित कार्यक्रमलाई सम्वाोधन गर्ने क्रममा मन्त्री ढकालले सो कुरा वताएका हुन् ।

    नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री ढकालले अर्काे फरक प्रसंगमा वलत्कारीलाई मृत्युदण्ड दिने कानुन वनाउन सकिँदैन भन्ने सहभागीको प्रश्नमा संविधानले त्यस्तो कानुन ल्याउन वन्देज लाएको तर उनले त्यस्ता अपराधीलाई कडा भन्दा कडा दण्ड दिलाउने कानुन भने वनाउन सकिने वताएका छन ।
    मन्त्री ढकाल गत निर्वाचनमा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यको रुपमा विजयी भएका हुन् । बाहिरको मानिसलाई सांसद वनाएकोले चुनाव पछि निर्वाचन क्षेत्रमा अनुहार नै देखाउँदैनन् भन्ने आरोपको खण्डन स्वरुप ढकाल प्रायजसो आफ्नो निर्वाचन क्षेत्रमा हुने प्राय धेरैजसो कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

    मन्त्री भएपछि उनी दोस्रो पटक आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागिता जनाउन आईपुगेका हुन ।

    कार्तिक ५ देखि ९ गतेसम्म चल्ने दशैं, तिहार, छैठ तथा अन्य चाडवर्पको शुभकामना आदानप्रदान तथा भेटघाटको क्रममा मन्त्री ढकालले मंगलबार पथरी, कानेपोखरी लगायतका स्थानीयपालिकाका अगुवा कार्यकर्ता बीचको भेटघाट कार्यक्रममा सहभागि भएको थिए । भने बुधबार बेलबारी वार्ड नं १ र १० मा हुने कार्यक्रममा सहभागी भएका थिए ।

    बुधबार बेलबारी नगरपालिका वार्ड नं १ मा रहेको सांस्कृतिक भवनमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले सरकारको काम कार्यवाहीका विषयमा गुनासा राखेका राखेका थिए ।

    सो अवसरमा वार्ड नंका १ का प्रतिनिधिले रत्नमार्गको पूर्णताको, वार्ड नं २ का सिताराम न्यौपानेले सुकुम्बासी सम्सया, रमिते तथा बासुकी परियोजना, वार्ड नं ३ जेवि कोईरालाले विकास निर्माणमा भएको भष्टचारको वनरेमा,वार्ड नं ४ का प्रतिनिधिले स्वास्थ्य, शिक्षा तथा खानेपानी समस्या र वेतना सिमसार विकासको, वार्ड नं ५ का ध्यानबहादसर खड्काले लोहन्द्राको पुलको बारेमा ध्यानकर्षण गराएका थिए ।

    नन्दलाल गिरी र तिलक प्रसाद राईले नगरपालिकाका समस्याको वारेमा जानकारी गराएका थिए भने पूर्व सांसद मधु गुरुङले निर्वाचन क्षेत्रका समग्र मस्यनहरुका वारेमा जानकारी गराएकी थिईन ।

    बेलबारीमा आयोजित कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नेकपाका नगर उपसंयोजक पर्शुराम सुवेदी, पूर्व सांसद मधुगुरुङ, बेलबारी नगरपालिकाका विभिन्न वाडाध्यक्षहरुयतको पनि सहभागिता रहेको थियो ।

    सो अवसरका बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, प्रदेश सांसद राजकुमार ओझा र मन्त्री ढकालले सहभागीहरुबाट आएका प्रश्नहरुको जवाफ दिएका थिए ।

    यसरी निर्वाचन क्षेत्रका नेतातथा कार्यकर्तासँग भेटघाट गरिरहँदा देशको मन्त्री भैसकेका व्यक्तीले आफू निकट पार्टी तथा कार्यक्रताहरुसँगको भेटघाटमा मात्र सिमित नभएर अन्य राजनीति पार्टीमा आस्था राख्ने मानिसहरुसँग पनि भेटघाट गरेर उनीहरुको पनि सुझाव लिनु पर्ने आवाज पनि उठ्न थालेका छन् ।

    नेकपा नगर उपसंयोजक पर्शुराम सुवेदीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमको संचालन नगर संयोजक ईरन राईले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…