• तेजन खड्का

    काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका नेपाली युवाहरु एकिकृत भई सामाजिक काममा क्रियाशिल बनेका छन् । माउण्ट एभरेष्ट सेवा समाज नेपाल गठन गरेर यतिवेला विभिन्न सामाजिक कामहरु भईरहेको छ । कतार,साउदी,साइप्रस, इन्डीया लगायतका विभिन्न देशमा श्रम गरिरहेका नेपाली युवाहरु यस संस्थामा आवद्ध छन् ।
    समाजको अध्यक्षमा इन्द्र कटुवाल,उपाध्यक्षमा शोभा क्षेत्री,सचिवमा इश्वरीप्रसाद रेग्मी,सह—सचिवमा रोहित खनाल र कोषाध्क्षमा प्रमिला भेटवाल रहनुभएको छ ।
    यस्तै,प्रमुख सल्लाहकार तथा प्रवक्तामा योगेश दहाल रहनुभएको छ । कानुनी सल्लाहकारमा देबेन्द्र बुढाथोकी,प्रभा पण्डित हुनुहुन्छ । सल्लाहकारमा राजकुमार खड्का,दीपक दहाल,एलपि खड्का,फुर्वा तामाङ,विजेता राई,जमिर गुगलकिंङ र रीतु राई रहनुभएको छ ।
    सामाजिक काममा क्रियाशिल मन भएका युवाहरु सामाजिक सन्जाल मार्फत जोडिएर संस्था निर्माण गरेको माउण्ट एभरेष्टका सल्लाकार संयोजक योगेश दाहाल बताउनुहुन्छ ।
    विदेशमा गए पनि आफ्नो देश र गाउँ प्रतिको सामाजिक उत्तरदाहित्व पुरा गर्न हामी क्रियाशिल भएका हौ,दहाल भन्नुहुन्छ,संस्थामा अहिले ६५ भन्दा बढि सदस्यहरु छौ । अन्य साथीभाईहरु पनि जोडिदैं हुनुहुन्छ ।  संस्थाकै माध्यमबाट विभिन्न देशमा रहनुहुने दाजुभाई दिदीबहिनीहरुमा चिनजान भएको छ । आपसी सद्भाव र भाईचारा पनि बढाएको छ दाहाल भन्नुहुन्छ । संस्थाका अध्यक्ष इन्द्र कटुवालले असाहय,गरिवदुखी र दुख विराममा परेकाहरुको लागि सहयोग पुर्याउन संस्था क्रियाशिल भईरहेको बताउनुभयो ।


    उपाध्यक्ष शोमा क्षेत्रीका अनुसार पदाधीकारीहरुलाई सामाजिक सन्जालले जोडेको छ । अनि त्यही छलफल भएर कार्यक्रमहरु तय हुन्छ । संस्थाका पदाधीकारीहरु र शुभेच्छुकहरुबाट सहयोग संकलनबाट संस्था अघि बढेको क्षेत्री बताउनुहुन्छ । देशको विभिन्न ठाउँमा रहेको विविध समस्यामा मल्हम पट्टी लगाउने सानो प्रयास हो हाम्रो,उहाँ भन्नुहुन्छ ।
    मृगौला पिडीतलाई सहयोग


    माउण्ट एभरेष्टले यसअघि काभ्रेपलाञ्चोक जिल्लाका मृगौला पिडित पीडित जितमान तामाङलाई नगद २१ हजार सहयोग गरिसकेको छ । माउन्ट एभरेष्ट सेवा समाजको प्रथम कोषाध्याक्ष प्रमिला भेटुवाल सदस्य देवी खनाल विनु तामांङले उक्त नगद विरामी र विरामीको परिवारलाई हस्तान्तरण गरेको थियो ।

    अब स्नेह आश्रमलाई सहयोग
    संस्थाले कात्तिक १० गते शुलेमान शंकर ईकुले सन्चालनमा ल्याउनुभएको स्नेह आश्रमका वालवालिकालाई विशेष गर्दैछ ।
    संस्थालाई आर्थिक लगायत विभिन्न सहयोग गरिन लागेको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…