• स्याङजा। स्याङजाको हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि हातपात गरेका छन्। हरिनास वडा नम्वर ६ दग्दीमा भएको भलिवल प्रतियोगितामा सामान्य विवाद हुदा अध्यक्ष मानन्धरले प्रहरी माथि हातपात गरेको प्रत्यक्षदर्शीले बताएका छन्। आक्रमणबाट दार्सिङ प्रहरी चौकीका जवान रामनारायण चौधरी घाईते भएका छन्। क्याक्मी र दार्सिङका युवाहरुबीच खेलका क्रममा विवाद उत्पन्न भएको थियो। सो विवादलाई रोक्न नसकेको भन्दै प्रहरी माथि आक्रमण भएको हो।

    घटनावारे छानविन भईरहेको स्याङजाका प्रहरी प्रमुख जयराज साप्कोटाले जानकारी दिए। उनले दुई पक्षकोबीचमा विवाद साम्य पार्न खोज्दा प्रहरी माथि नै ठेलम्ठेल भएको बताए। प्रहरी प्रमुख साप्कोटाले गाँउपालिकाका अध्यक्ष मानन्धरलाई प्रहरीचौकी बोलाईएको जानकारी दिए।

    उता घाईतेको मेडिकल रिपोर्ट तथा घटना वारे सवै विवरण पेश गर्न प्रहरीलाई निर्देशन दिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताए। गाँउपालिकाका प्रमुख स्थानीय सरकार प्रमुख समेत भएका भन्दै कानुन हातमा लिनेकाम कोही कसैबाट हुनुनहुने स्पष्ट पारे। उनले कानुन हातमा लिईएको पाईएमा कारवाही हुने स्पष्ट पारे।

    यता गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरी माथि एक झापड हानेको स्वीकार गरे। उनले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाए। उनले दार्सिङका युवाहरुले हातहतियार सहित आक्रमण गर्दा पनि प्रहरी रमिते बनेको बताए।

    आफ्ना माईला दाजु सोमनारायण मानन्धर माथि आक्रमण हुनुका साथै कार्यक्रम स्टेज, कुर्चीहरु तथा साउण्ड सिस्टममा तोडफोड गरिएको जानकारी दिए। मानन्धर तत्कालिन नेकपा एमालेवाट अध्यक्षमा निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…