• नेपाल सरकारले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा ‘ट्राभल साइट’ लोन्ली प्लानेटले राजधानी काठमाडौँलाई घुम्नै पर्ने सहरको उत्कृष्ट दशमध्ये पाचौँ स्थानमा राखेको छ ।

    लोन्ली प्लानेटले पहिलो नम्बरमा डेनमार्कको कोपनहेगन, दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्बियाको नोवि साड, चौथोमा अमेरिकाको मिआमी र पाचौँमा नेपालको राजधानी काठमाडौँलाई राखेको छ ।

    त्यसपछि क्रमशस् मेक्सीकोको मेक्सीको सिटी, सेनेगलको डकार, अमेरिकाको सियाटल, क्रोएसिया जदर मोरक्कोको मेक्नेसलार्इ राखेको छ । सन् २०१५ मा गएको महाभूकम्पले क्षतविक्षत बनेको काठमाडौँ पूननिर्माणपछि अहिले कायपलट भइरहेको उक्त साइटमा उल्लेख गरिएको छ ।

    ‘भूकम्पका बेलामा महत्वपूर्ण पुरात्वत्तिक सम्पदाहरु भत्कीएर क्षति भएपनि अहिले पूननिर्माणका कामहरु चलिरहेका छन् र ती एेतिहासिक सम्पदाले पूर्नजीवन प्राप्त गर्दैछन्’ लोन्ली प्लानेटले थप लेखेको छ ‘बढ्दो ट्राफिक जाम, धुँवा धुलो र ध्वनी प्रदुषणबाट मुक्त भएर अहिले काठमाडौँ दशकभन्दा पहिलेको तुलनामा निकै बस्न योग्य भएको छ ।’

    लोन्ली प्लानेटमा काठडमाडौँमा घुम्नै पर्ने विभिन्न स्थानहरु पनि राखिएका छन् । जसमा पुरानो काठमाडौँ अर्थात हनुमान ढोका, इतुम्बहाल, गार्डेन अफ ड्रिम्स, असन टोल, इन्द्र चोक, दरबार स्क्वायर र नासल चोक रहेका छन् ।

    उल्लेखित स्थान घुम्नका लागि भने ट्राफिक जामले दुख दिने भएकोले रिक्साको प्रयोग गर्न सुझाइएको छ । त्यसपछि कुमारी बहाल, स्वयम्भूनाथ, सेतो मच्छिन्द्रनाथ आदि स्थान पनि काठमाडौँका मुख्य आकर्षणका रुपमा राखिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…