कबिता
ठुलो समुन्द्र ,
धेरै पानि
गहिरो सतह
ठुला ठुला ढुंगा
ढुंगामा लागेको लेउ
अनि लेउको छेउमा एउटा फरक किसिमको माछा
माछा एक्लै थियो
सायद म जस्तै तर ,
खुसि थियो
उसलाई हावाको आवस्यकता छैन
पानीको खडेरी पर्ने छैन
घामले कुनै भूमिका निर्बाह गर्नु पर्ने छैन
फरारी कार
अग्लो घर
आरामदायी सोफा
सोफामा बसेर ठुलो टेलिभिजनमा संसार हेर्ने
सायद यस्ता सपना उसमा नहुदो हो
पानीको गहिराइ , ढुंगा , लेउ
सायद यत्ति भए उसलाई पुग्दो हो
चारो खोजिरहेको थियो
भेट्यो खायो अघायो
खुसि भयो
घुम्यो खेल्यो , एकछिन रमायो
सायद थाक्यो
अनि निदायो
उसको सपना यत्ति नै हुदो हो
उसको दिनचर्या
चारो खोज्ने , खाने , रमाउने
निधाउने बिउझिने
अनि उही क्रम
पापीले बिष नहालुन्जेलको उसको उमेर
माझीले जाल नफालुन्जेल्को उसको जिन्दगि
बल्छिवालले बल्छी नथापुन्जेल्को उसको आयु
अथवा कालले आखा नहालुन्जेलको उसको संघर्ष
यस्तै यस्तै नै हुदो हो
मैले हेरुन्जेल मलाइ यस्तै यस्तै नै लाग्यो
मैले जान्न खोजेको थिए
उसलाई कहिलै प्रेम हुन्छ कि हुदैन
अथवा माया बस्छ कि बस्दैन
तर मैले त्यो अबधि भरिमा
उसलाई कतै प्रेमको आभाष भएको थाहा पाउन सकिन
पक्कै पनि माया त हुदो हो
अनि मैले भगवान सग पुकार गरे
भगवान ,
यो प्राणीलाई प्रेम होस् तर
तर ,मेरो जस्तो एक तर्फी नहोस
कहिलै ,कहिलै , कहिलै
काले कृष्ण
उर्लाबारी , मोरङ्ग
हाल दक्षिण कोरिया