• ओम आचार्य


    नेपालको राजनीतिमा देखिएको गणतन्त्र स्थापना पछिका घटनाक्रम ( गिरिजा प्रसाद कोइराला को अवसान पछी) ले वर्तमान नेताहरुमा राजनेता हुने गुण देखिएन ,भिडलाइ हेर्ने र आफ्नो विचार वनाउने प्रवृती अहिले नेताहरुमा देखिएको छ ,यस्ले दुरगामी प्रभाव जे जस्तो छोडोस वर्तमान मा वाह वाह र मिडिया मा छाइरहने प्रवृती ले राजनेता उत्पादन गर्दैन ।वि पी ले निर्वासित कालमै राष्ट्रिय मेलमिलाप को दर्शन लिएर सम्पुर्ण कांग्रेस र जनभावना विपरित नेपाल प्रवेस गर्नु भयो ।आफ्नो निति र दर्शनमा नेतृत्व गरेर जनमत वनाउनु भयो ,तत्कालिन समयमा भिडवाट निर्देशित हुनु भएन जोखिम उठाउनु भयो र भिडलाइ नेतृत्व गर्नु भयो ।त्यस्तै जनमत संग्रहमा पनि नतिजा लाइ स्विकार नगर्न र आन्दोलनमा जान जनसागर देख्दा देख्दै एक्लै त्यो नतिजा स्विकार्नै घोषणा गरेपछी असन्तुस्ट पक्ष आन्दोलन गर्न जुर्मुराएकाहरु एकाएक सान्त भए र विपी कै नेतृत्वमा समाहित भए ।वहाको यस्तै थुप्रै नेतृत्व गर्ने क्षमताले वहालाइ राजनेतामा स्थापित गर्यो र यस्तै किसिमको नेतृत्व गर्ने भुमिका माओवादीले पनि १० वर्ष शशश्त्र आन्दोलन गर्यो ,नेपालमा नयाँ राजनीति दर्शन र सोच लिएर अगाडी वड्यो सिंगै मुलुक विपक्षमा जनभावना विपरित १० वर्ष शसशत्र आन्दोलन गरिरहयो ,जोखिम उठाउदै जनमत वनाउदै गयो ,अन्तत नेपालमा नेतृत्व गर्ने हैसियतमा आफुलाइ स्थापित गरे ।

     

    यस्तै रा प्र पा कमल थापा गणतन्त्र स्थापना भएको भोलि पल्ट देखीनै राजा सहितको हिन्दु राष्ट्र भन्दै सडक मा देखिए त्यो समय पनि कमल थापाले उठाएको एजेन्डा जोखिम पुर्ण नै थियो ,उन्को यही जोखिमले उन्लाइ स्थापित गराउदै गयो । वर्तमानका हाम्रा नेताहरु द्वन्दकाल पछिका सवै राजनीति दलका नेताहरु भिडलाइ हेर्ने ,भिडको विचार लिने , समचारको टिप्पणी समेत लाइ आधार वनाएर आफ्नो राजनीति विचार व्यक्त गर्ने प्रवृतिका वर्तमान का नेताहरुले नेपाल हाक्न सक्छन? नेतृत्व दिन सक्छन? , अहिलेका नेता जोखिम उठाउन चाहादैन, जस्ले जोखिम उठाउछ राजनीतिमा त्यस्ले नेतृत्व गर्छ ,त्यस्ले नेपाल हाक्छ । तपाइहरु विचार गर्नुस , विगतका घटनाक्रम तिर फर्कनुस र वर्तमान हेर्नुस जति पनी नेता छन सवै भिडवाट परिचालित , संन्चालित , छन। उनिहरुले अहिले सम्म आफ्नो कुनै पनी राजनितिक दर्शन निति सिध्दान्त दिएर मुलुक लाइ प्रभावित गर्न सकेका छैनन । म याहा अरु राजनीतिक दल को कुरा राख्नु भन्दा पनि नेपाली काग्रेस कै राख्दै छु।

    नेपालको राजनीतिमा नेपाली कांग्रेस छ , यो कांग्रेस भीरु हुनुपर्छ ,कांग्रेस भित्र हिन्दु राष्ट्र इष्ट र राजसंस्था सहितको प्रजातन्त्र अभिष्ट हो , जननेता वि पी कोइरालाले यो कुरा पटक पटक स्मरण गराउदै काग्रेसको नीति नै वनाउनु भयो , राजाको गर्धन र मेरो गर्धन जोडिएको छ भन्नु भयो , राजसंस्था रहे नेपाल रहन्छ भन्नु भयो , र राष्ट्रिय मेलमिलाप को दर्शन संगै निर्वासित जीवन त्यागेर तत्कालिन समयको जोखिम मोलेर नेपाल पस्नु भयो यो नै कांग्रेस को पहिचान हो हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र यो नै काग्रेसको क्रमश: इष्ट र अभिष्ट हो र यो संस्कार भएकाहरु मात्रै कांग्रेस हुन यिनै मात्रै कांग्रेस भिरु हुन , जो दत्तचितले , निष्ष्ठाले, मन, आत्मा, प्राण, शरिर, चिन्तन, सोच , इत्यादी सम्पुर्ण रुपवाट कांग्रेस भीरु भएर समर्पित हुन्छ । र यस्तो विचार वोक्ने मानिस कसैवाट विचलित हुदैनन,उनिहरुको मनमा न शंका आउछ न कुशंका नै आउछ ,न उस्लाइ कसैले सम्झाउदा मान्छ न त उस्लाइ भटकाउनै सकिन्छ , न त कसैले उस्लाइ प्रदुशित गर्न नै सक्छ ,यो उस्मा जीवन प्रयन्त चलिरहन्छ , चाहे जीवनमा जस्तो सुकै परिस्थिति आओस, जीवन एक विराट श्रृंखला हो जस्मा थुप्रै प्रकारको राम्रो नराम्रो घटना घटित भइरहन्छ तर कांग्रेस भीरु यि सवै कठिनाइ , संकट इत्यादी वाट निस्केर जान्छ ।

    हो यसरी नै वि पी वनेका थिए , हो यसरी नै वि पी राजनेता वनेका थिए, हो यसरी नै वि पी लाइ आज प्रचण्ड , कमल थापा , के पी ओली सवै स्मरण गर्छन ।कांग्रेस चल्छ त काग्रेश भिरुवाट चल्छ ,कांग्रेस चलाउछन त मात्रै कांग्रेस भीरु ले चलाउछन , कांग्रेस भीरुले कहिल्यै पनि कांग्रेस प्रती, द्रोह ,शंका ,विद्रोह एंव विरोध इत्यादी केही गर्दैन । हो अहिले पछिल्लो समय केही वर्ष देखी नेपालि काग्रेस भिडवाट परिचालित हुदै गयो , अन्य फरक विचार भएका राजनीतिक दलको एजेन्डामा आफुलाइ समाहित गराउदै गयो र आफ्नो राजनीतिक धर्म दर्शन ओझलमा पर्दै गयो र यसरी विचारमा विचलन आएर , वितृष्णा आएर , उच्चाटन आएर कांग्रेस ले आफ्नो कांग्रेस नीति छोड्दै संघियता र धर्म निरपेक्ष प्रती तृष्णा र मोहन ले संघियता मा प्रवेस गरे।यो भिड़ वाट आवेसित विचार लाइ आफ्नो विचार वनायो । यो भिडकै विचार थियो नेपालि काग्रेस को थिएन ।

    अव तै तृष्णा वितृष्णामा अव तै मोहन उच्चाटनमा परिवर्तित हुदै गएको कुरा महामन्त्री शशांक कोइराला , स्व . खुम वाहादुर खड्का प्रवृती नेताहरुवाट उदघाटित भएकै हो । कांग्रेस पाटी संघियतामा यौटा पर्यटक भएर आए र केही समय अवलोकन गर्दै पुन साविक ठाउमा फर्कनु पर्छ , पर्यटन लामो समय हुदैन । चाहे कांग्रेस संघियतामा जिज्ञासाको लागी आउन, चाहे केही प्राप्त गर्न आउन , चाहे आकर्षित भएर आउन, चाहे केही खोज्न आउन, तर काग्रेसको पर्यटन चाडै समाप्त हुनुपर्छ पर्यटक त आखिर पर्यटक हो कति दिन रहन्छ । अहिले नेपालमा भएको पछिल्लो तिव्र धुर्वीकरण नेपाली कांग्रेस सहित अन्य राजनीतिक दल दलका नेताहरु संघियतामा पर्यटक मात्रै हुन र अव यो पर्यटन समाप्त गर्नु पर्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…