नेपालगञ्ज, ८ कात्तिक
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले आफूले पाउने तलबभत्ता सामाजिक कार्यका लागि प्रदान गर्नुभएको छ ।
उहाँले असोज महीनाको आफ्नो तलब, भत्ता रु ५० हजार नेपालगञ्ज–२ खानेपानी ट्याङ्की नजिकै रहेको बाल्मिकी समाज तथा मन्दिरलाई सहयोग गर्नुभएको हो । प्रमुख राणाले महर्षी बाल्मिकी जयन्तीका अवसरमा आज बाल्मिकी समाजका अध्यक्ष रामचन्द्र बाल्मिकीलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा प्रमुख राणाले आप्mनो कार्यकालभरि पाउने तलब, भत्ता आवश्यकताका आधारमा सामाजिक संस्थालाई दिने बताउनुभयो । स्थानीय निकायको निर्वाचनमा प्रमुख राणाले आफ्नो तलब, भत्ता सामाजिक सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।