• काठमाडौं, ८ कात्तिक । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको चाकडी गरेरै ‘मार्सी चामल’ उपनामले चर्चित बनेका बीएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं फेरि चर्चामा आएका छन् ।

    ‘ओली सरकारबाट देश विकास हुन्छ भनेर कल्पना नगर्न’ आग्रह गर्दै अन्तर्वार्ता दिएपछि उनी फेरि चर्चामा आएका हुन् । यसअघि उनी ‘कम्युनिष्ट सरकार आए देशले काँचुली फेर्छ’ भन्दै हिड्थे ।

    विगतमा ओली र दाहाललाई आफ्नै घरमा ल्याएर मार्सी चामलको भात खुवाउँदै गरेको तस्बिर सार्वजनिक भएपछि उनी को हुन् ? भन्दै चर्चा सुरु भएको थियो ।

    बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली केटीहरुले आफ्नाे शरीर नसुम्पिएसम्म एमबीबीएसको सर्टिफिकेट नै नपाउने भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि प्रसाईंको चर्चा चुलिएको थियो ।

    यस पटक उनी चर्चामा आउनुको कारण पनि त्यही मेडिकल कलेज नै हो ।

    ओली र दाहाल दुवैले गत वर्षको चुनावको बेला झापामा गएर कम्युनिष्टहरुको नयाँ सरकार बन्नेबित्तिकै उनको मेडिकल कलेजलाई अनुमति दिने घोषणा गरेका थिए । तर सरकार बनेर अहिले एक वर्ष बित्न लाग्दा पनि आफ्नाे कलेजले सम्बन्धन नपाएपछि उनी ओली सरकारमाथि खनिएका रहेछन् ।

    उनले ६५ वर्षपछि मुलुकले दुई तिहाइको सरकार पाए पनि आफूलाई यो सरकारले काम र विकास गर्छ भन्न लाज लाग्न थालेको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले हात उठाएर ‘अब तपाईहरूको सपना साकार हुन्छन्, हिजो जस्तो लाग्थ्यो, एक वर्ष भइसकेछ, तर किन काम गर्न नसकेको हो रु’ त्यसमा आफू छक्क परेको उल्लेख गरेका छन् ।

    प्रसाईंले यो सरकारलाई कुन तत्वले चलाएको हो भन्दै अब निकास र विकास हुन्छ भनेर आफू जत्तिको मान्छेले नसोचे हुन्छ भनेर भन्दा केही फरक नपर्ने जनाएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…