• काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)भित्र पुष्पकमल दाहालकाे साइज बढ्दै गएकाे छ । उनकै खेमाका रामबहादुर थापाले प्रदेश कमिटीका  सदस्य चयन गर्ने र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने कार्यदलको जिम्मेवारी पाएका छन् । थापा भएको कार्यदलमा तत्कालीन एमालेबाट अध्यक्ष केपी ओलीका विश्वास पात्र महासचिव विष्णु पौडेलले जिम्मा पाएका छन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय सचिवालय बैठकले गठन गरेको कार्यदलमा माधव नेपाल खेमाका भने कसैलाई राखिएन । अघिल्लो दिनको सचिवालय बैठकमा नेपालले राखेको लिखित असन्तुष्टिलाई साइड लगाएसँगै उनको खेमाको गुन्जायस नै हराएको छ । कार्यदलले प्रदेश कमिटीमा रहने सदस्यहरु चयन गर्ने र त्यसलाई सचिवालय बैठकमा पेश गर्नेछ ।

    बैठकपछि महासचिव पौडेलले प्रदेश कमिटीका सदस्यहरु निश्चित मापदण्डका आधारमा चयन गर्ने र त्यसलाई सचिवालय बैठकले टुंगो लगाउने गरी आफूहरुलाई जिम्मेवारी दिइएको सुनाए ।

    उनले जिम्मेवारीअनुसार नामावली र कार्यगत बाँडफाँडको खाका बनाएर सचिवालयमा पेश गर्ने जानकारी दिए । सचिवालय बैठकले नेकपाका केन्द्रीय सदस्यहरुको कार्य्विभाजन तोक्ने जिम्मा पनि कार्यदललाई नै दिएको छ । नेकपाले प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव यसअघि नै चयन गरिसकेको छ ।

    बढ्दै प्रचण्डको साइज  सचिवालयका अनुसार कर्णाली र प्रदेश नम्बर २ बाहेक अन्य ५ प्रदेशका कमिटीमा औषतमा ५५–४५ को अनुपातमा भागबण्डा हुनेछ । यसरी नै नेकपाका सातै प्रदेश कमिटीले पूर्णता पाउने छन् ।

    प्रदेश २ र कर्णालीमा तत्कालीन एमाले र माओवादीको सदस्य संख्या लगभग बराबर हुने देखिएको छ । अन्य प्रदेशमा भने पूर्वएमाले ५५ प्रतिशत र  पूर्वमाओवादी केन्द्र ४५ प्रतिशतमा रहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…