• काठमाडौं । नेपाल तरुण दलले ६५ औं स्थापना दिवस यही शनिबार मनाउँदैछ । शनिबार बिहान ८ बजे विपी स्मृति भवन सानेपामा कार्यक्रम आयोजना हुने तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बताए ।

    बस्नेतका अनुसार स्थापना दिवसको प्रमुख आतिथ्यता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

    समारोहमा काँग्रेसका सबै नेताका साथसाथै विभिन्न भातृ संस्थाका प्रमुखहरुलाई बोलाइएको छ ।

    कार्यक्रमलाई भब्य बनाइ तरुण दलको एकता प्रस्तुत गर्ने अध्यक्ष बस्नेतले बताए ।

    संगठित छ त तरुण दल ?  अध्यक्ष बस्नेतले तरुण दल संगठित रहेको दावी गरेका छन् । उनले पहिलेको तुलनामा तरुण दल निकै संगठित रहेको हाम्राकुरालाई बताए ।

    उनले भने ‘स्थानीय ईकाईदेखि केन्द्रसम्म हामीले प्रशिक्षण दिएर संगठनलाई मजबुद बनाउने काम गरेका छौं ।’

    उनले ७७ वटै जिल्लाका अध्यक्षहरुको तीन दिने भेला नगरकोटमा गरेको सुनाए । त्यसैगरी सातै प्रदेश र जिल्लाजिल्लामा दुईदेखि तीन दिने प्रशिक्षण दिएर तरुण दललाई संगठित गरिएको पनि दावी गरे ।

    बस्नेतले भने, ‘तरुण दल पहिलेको जस्तो कमजोर छैन, हामी संगठित भएका छौं, पार्टीका लागि जस्तोसुकै कदम चाल्न सक्ने भएका छौं ।

    के के गर्यो तरुण दलले काम ?  अध्यक्ष बस्नेतका अनुसार तरुण दलले एनजीओ र आइएनजीओले तराईको बाढी पहिरोमा गर्न नसकेको काम गर्यो ।

    उद्धारका लागि तरुण दलले निकै ठूलो भूमिका खेलेको बस्नेतले बताए ।

    त्यसैगरी राष्ट्रिय सभाका तीन जनाको नियुक्ति राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन मिचेर गरेको भन्दै आन्दोलन गर्यो । जनमानसमा यसबारेमा सचेत समेत गराएको थियो।

    बस्नेतका अनुसार सरकारले गरेको मुल्यवृद्धिको विरुद्धमा रत्नपार्कमा विशाल विरोध कार्यक्रम गर्यो ।

    त्यस्तै डा गोविन्द केसीले उठाएको स्वास्थ क्षेत्रको वेथितिको विरोध र स्वास्थ्य विधेयकलाई पारित गर्नका लागि दवाव दियो । यसक्रममा हजारौं कार्यकर्ता माइतीघर मण्डलामा सहभागी भए भने सरकारले प्रहरी लगाउँदा सयौं कार्यकर्ता घाइते भए ।

    अध्यक्ष बस्नेतले तरुण दलको स्थापना दिवस मनाएपछि सडक आन्दोलनमा उत्रने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…