• काठमाडाैं, ८ कात्तिक – वर्ष २०७५ को मध्यान्तरसम्ममा सरदर ५० बढी फिल्म रिलिज भइसकेका छन्। त्यसमध्ये २ वा ३ फिल्मले मात्र नाफा कमाए। बाँकी फिल्मले लगानी सुरक्षित गर्न समेत सकेनन्। आधा वर्षमा निर्माताको करीब ८० देखि ९० करोड डुबिसकेको छ। वर्षको अन्त्यसम्ममा यो हिसाब अझै बढ्नेछ।

    'रामकहानी' र 'इन्टु मिन्टु लण्डनमा' ले औसत व्यापार गर्दा वर्षको पहिलो हिट फिल्म बनेको थियो 'नाईं नभन्नु ल ५'। यस वर्ष टाँट पल्टिएको नेपाली फिल्मको व्यापारलाई दशैंमा रिलिज भएका दुई ठूला फिल्म 'छक्का पञ्जा ३' र 'जय भोले' ले चलायमान बनाएको छ। दुवै फिल्मले लगानी सुरक्षित गर्न सफल भएका छन्। बुधबार निर्माता तथा निर्देशक अशोक शर्माले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर 'जय भोले' मुनाफाको बाटोमा दौडिएको बताए। उनका अनुसार, फिल्मले पहिलो हप्तामा ३ करोडमाथि कमाइसकेको छ। यसैबीच घटस्थापनाबाट प्रदर्शनमा उत्रिएको 'छक्का पञ्जा ३' को पनि दुई हप्ताको कलेक्सन रिपोर्ट बाहिर आएको छ। निर्माण टिमका अनुसार फिल्मले प्रदर्शनको दुई हप्तामा १३ करोड ६० लाख ग्रस कलेक्सन गरेको छ। २ करोड आसपासमा निर्माण भएको फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै लगानी सुरक्षित गरेर नाफातर्फ आफूलाई डोर्‍याएको थियो। प्रदर्शनको दुई दिनमा नै यो फिल्मले २ करोडमाथि कमाएको थियो। कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले फिल्मको कलेक्सनमा भरपुर साथ दिएको छ। अब यो फिल्म 'छक्का पञ्जा' को १६ करोडको एतिहासिक कलेक्सन रेकर्ड ब्रेक गर्ने दौडमा छ।

    सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्। 'छक्का पञ्जा ३' सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन्। उनलाई अहिले शक्तिशाली महिला निर्देशकको भनिन थालिएको छ। 'छक्का पञ्जा ३' ले पाँचदिने विकेन्ड पाएको थियो।

    फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…