• बेलौरी । खानेपानी मन्त्री बिना मगरलाई आफ्नै गृह जिल्ला कञ्चनपुरमा प्रतिपक्षी दल नपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका छन्।

    कञ्चनपुरको बेलौरीमा आयोजित पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको उद्घाटन कार्यक्रममा आउदै गर्दा खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिहीबार कालो झण्डा देखाएका हुन्।

    कार्यक्रम हुनुभन्दा ४ घण्टा अघिदेखि नै आन्दोलनकारीले कडा रुपमा नाराबाजी गर्न थालेपछि उनीहरुलाई झुक्याउदै नीजि नम्बर प्लेटको गाडी प्रयोग गरि मन्त्री मगरलाई कार्यक्रम स्थलमा पुर्याइएको थियो।

    बेलौरीयाको सीमा नाकाको स्तरोन्नति गर्नुको साटो कैलालीको खक्रौलामा नेपाल भारत नाका बनाएको भन्दै नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का कार्यकर्ताहरुले बिरोध स्वरुप कालोझण्डा देखाएका हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…