• काठमाडौं, ८ कात्तिक । प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश प्रसाद भट्टलाई गृहमन्त्रालयले बर्खास्त गरेको छ ।

    कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याको अनुसन्धानको क्रममा प्रमाण नष्ट गर्ने आरोप लाग्दै आएका प्रहरी अधिकारीहरुलाई उक्त घटनाको अनुसन्धानमा लापरबाही गरेको भन्दै गृह मन्त्रालयले यसअघि स्पष्टीकरण मागेको थियो ।

    बुधबार प्रहरी हेडक्वाटर मार्फत् दुबै अधिकारीले लिखित जवाफ बुझाएका थिए । तथापी मन्त्रालयले उक्त लिखित जवाफ चित्त बुझ्दो नभएको भन्दै बिहिबार एक विज्ञप्ती जारी गर्दै दुबै प्रहरी अधिकारीलाई भविष्यमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गरेको निर्णय सार्वजनिक गरेको छ ।

    यसअघि मन्त्रालयले बिष्टलाई भदौ १० गते र भट्टलाई भदौ ३१ गते घटनामा शंकास्पद भुमिका भएको भन्दै निलम्बन गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…