• पोखरा, ८ कात्तिक 

    नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नयाँ पुस्तालाई आकर्षित गर्नसक्ने किसिमले स्पष्ट नीति तथा योजनाका साथ पार्टी अघि बढ्नु आवश्यक भएको बताउनुभएको छ ।

    काङ्ग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको १३ औँ दिनको तिथि पारेर काङ्ग्रेस कास्कीद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले तल्लो तहदेखि माथिल्लो तहसम्म सबै नेता तथा कार्यकर्ताले पार्टीको विधान पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

    सहमहामन्त्री महतले ज्यानको समेत पर्वाह नगरी राष्ट्र र पार्टीका लागि जस्तो सुकै जोखिम मोल्नसक्ने नेताका रुपमा बाँस्तोलालाई चित्रित गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँको अतुलनीय योगदान भएको बताउनुभयो ।

    काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले राष्ट्र र पार्टीको आवश्यकतामा जस्तोसुकै जोखिम मोल्ने व्यक्तिको रुपमा बाँस्तोला आफ्नो स्मरणमा रहेको बताउनुभयो ।

    काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशसभा सदस्य विन्दुकुमार थापा, पार्टीका नेता शुक्रराज शर्मा, खेमराज पौडेल, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदी, काङ्ग्रेस कास्कीका उपसभापति आईबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, क्षेत्रीय सभापति पोषनाथ शर्मालगायतले लोकतान्त्रिक आन्दोलनमा बाँस्तोलाले पु¥याउनुभएको योगदानको स्मरण गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…