•  दमक : झापाको दमकस्थित कपासको गोदाम र ग्यारेजमा आगलागी भएको छ। दमक वडा नम्बर-६ स्थित शंखधर चोकमा रहेको रुवा गोदाम र ग्यारेजमा आगलागि हुँदा करिब साढे ३८ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

    बिहीबार दिउँसो साढे १२ बजेबाट कपास गोदाममा अचानक आगो सल्किएको थियो। आनन्दकाजी श्रेष्ठले संचालन गर्दै आएको कपास गोदाम जलेर पूर्णरुपमा नष्ट भएको छ।

    कपास गोदाम जल्दा ८ लाख बराबरको क्षति भएको छ। त्यस्तै गोदामसँगै रहेको ग्यारेजमा समेत आगो सल्किएको थियो। लोकनाथ सिग्देलले संचालन गरेको ग्यारेजमा राखिएको बा१७च ३०९५ नम्बरको टाटा गाडीसमेत पूर्णरुपमा जलेको छ।

    ग्यारेजमा आगलगीबाट ३० लाख ५० हजार बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए। आगो २ घण्टा पछि स्थानीयबासी, प्रहरी , दमक र गौरादहको वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो। आगलागिको कारणबारे अनुसन्धान भइरहको प्रहरीको जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…