• एजेन्सी । विश्वको सबैभन्दा चर्चित फुटबल खेल तालिका – एल क्लासिको ।

    पछिल्लो दशक यो खेल दुई ग्लोबल आइकनका लागि व्यक्तिगत प्रतिस्पर्धामा अब्बल खेल देखाउने अवसर बनेको थियो । तर, आइतबार क्याम्प नाउमा बार्सिलोना र रियल म्याड्रिड प्रतिस्पर्धामा उत्रिदा दुवै खेलाडी हुने छैनन् ।

    ९ वर्ष रियलमा रहेका क्रिस्टियानो रोनाल्डो म्याड्रिड छाडेर युभेन्टससँग आबद्ध भइसकेका छन् । यसक्रममा उनले ४५० गोल गर्नका साथै १५ उपाधि जिते जसमा चार च्याम्पियन्स लिगको उपाधि सामेल छ ।

    र, अहिले मेस्सी पनि अनुपस्थित हुने भएका छन् । गत हप्ता सेभियाबिरुद्धको खेलमा हातमा चोट लागेपछि मैदानबाहिर रहनेछन् ।

    सन् २००७ को डिसेम्बर यता मेस्सी र रोनाल्डो बिनाको यो पहिलो एल क्लासिको हुनेछ । त्यो खेलमा डेको, जियान लुका जाब्रोटा, ग्याब्रियल हाइन्जे, रुड भान निस्टलरोयजस्ता खेलाडी सहभागी थिए भने हुलियो बाप्टिस्टाको एक गोलको मद्दतले रियल विजयी भएको थियो ।

    त्यसयता, क्लासिकोमा थुप्रै स्टारका बीच मेस्सी र रोनाल्डोको अधिपत्य रहँदै आएको थियो । २६ गोल र १४ एसिस्टसहित मेस्सी यो खेलमा अघि रहेका छन् भने रोनाल्डोले सन् २०१२ मा लगातार ६ खेलमा गोल गर्दै किर्तिमान बनाएका छन् ।

    बार्सिलोनाले कसरी मेस्सीको आकस्मिक अनुपस्थितिलाई कसरी सामना गर्नेछ ? रोनाल्डो पछिको ह्याङओभरबाट रियलले कसरी पार गर्नेछ ? त्यो हेर्न बाँकी नै छ ।

    दुई खेलाडी नहुँदा खेलमा कस्तो असर पुग्न सक्छ ? एक पटक हेरौँ :



    रोनाल्डोको गोलबिना रियल

    रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान बिना रियल यतिबेला संघर्षरत छ ।

    लस ब्लाङकोसले लिगमा पछिल्ला चार खेलमध्ये तीन खेलमा हार बेहोरेको छ । जसमा आलाभेस र लेभान्तेसँगको अप्रत्यासित पराजय सामेल छ । हारसँगै रियल लिगको सातौँ स्थानमा खस्किएको छ भने जुलेन लोपेटेगुईको पद धारापमा परेको छ ।

    उनीहरुको समस्या भनेको गोल गर्न नसक्नु नै देखिएको छ । ती खेलहरुमा रियलले मात्र एक गोल गर्न सकेको छ । त्यो एक गोल पनि लेफ्ट ब्याक मार्सेलोले गत हप्ता लेभान्तेबिरुद्ध २–१ को हार बेहोर्ने क्रममा गरेका थिए ।

    गत मंगलबार च्याम्पिन्स लिगमा भिक्टोरिया प्लाजेनबिरुद्धको खेलमा पनि रियलको प्रदर्शन सन्तोषजनक रहेन । करिम बेन्जेमाले दुई महिनामा पहिलो पटक गोल गरे भने फेरि एक पटक मार्सेलोले गोल गर्दै रियलको २–१ को जीत सुनिश्चित गरे । रोनाल्डो हुँदा यस्ता खेलहरु रियलले सहज जित्ने गर्थ्यो ।



    पछिल्ला ८ सिजनमा हरेक सिजन कम्तिमा ४० गोल गरेका खेलाडीलाई गुमाउँदा र उनको स्थानमा उपयुक्त खेलाडी नभित्र्याउँदा समस्या त देखिने नै भयो । रोनाल्डोको अनुपस्थितिसँगै रियलमा गोलस्कोररको खडेरी देखिएको छ ।

    सन् २०१७ मा रियलले च्याम्पियन्स लिग र लिग डबल जित्दा रोनाल्डो, अल्भारो मोराटा र हामेज रोड्रिग्वेजले ४८ गोल गरेका थिए । अहिले तीनै जना क्लबमा छैनन् भने उनीहरुको स्थानमा प्रमाणित गर्न बाँकी मारियानो डियाजलाई ल्याइएको छ ।

    हुनतः रियलमा हरेक म्यानेजरको रुचीमा पर्ने गेराथ बेल, इस्को, मार्को असेन्सियो र बेन्जेमाजस्ता ट्यालेन्ट नभएका होइनन् । तर, उनीहरु ‘आउट एण्ड आउट’ स्कोरर भन्दा पेनाल्टी एरियाबाहिरबाट गोलको अवसर सृजना गर्ने खेलाडीहरु हुन् ।

    एउटा तथ्यांकले उनीहरुको गोल गर्ने क्षमतामा आएको ह्रासलाई प्रतिबिम्बित गर्छ । गत वर्ष रियलले लगातार ७३ खेलमा गोल गर्दै विश्वकिर्तिमान बराबरी गरेको थियो । यो सिजन उनीहरुले चार खेलमा गर्नबाट बञ्चित भइसकेका छन् ।

    केही दिनअघि रियलले रोनाल्डोलाई मिस गरिरहेको विषयलाई इस्कोले खण्डन गर्दै ‘यहाँ बस्न नचाहनेहरुका लागि आफूहरु नरुने’ बताए ।

    तर, तथ्याङ्कले भने अर्के भन्छ । रोनाल्डोले छाडेर गए यता रियलले गोलमा पहिलेजस्तो चुनाति दिन सकिरहेको छैन ।

    हालै मात्र एपेन्डिसाइटिसको अप्रेसनबाट फर्केका इस्कोको फर्ममा गिरावटलाई बुझ्न सकिन्छ । तर, यदी टोलीका अन्य सदस्यहरुले चाँडै आफ्नो खेल नसुधारे, पक्कै पनि धेरै आँशु बग्नेछन् ।



    मिसन इम्पोसिबल : मेस्सीलाई प्रतिस्थापन

    मेस्सीको क्षतिलाई कसी पुर्ति गर्नु हुन्छ भन्ने प्रश्नमा बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भालभर्डेको सहज उत्तर थियो – मलाई थाहा छैन ।

    मेस्सी चोटग्रस्त भएको केही दिन पछि जोर्डी अल्बाले पनि त्यस्तै कुरा दोहोराएका थिए – मेस्सीलाई कसैले प्रतिस्थापन गर्न सक्दैन ।

    ‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्,’ उनको भनाई थियो ।

    जे भए पनि बार्सिलोनाले केही समयका लागि भए पनि मेस्सीलाई प्रतिस्थापन गर्ने खेलाडी पहिचान गर्नै पर्छ । यसका लागि भालभर्डेका लागि थुप्रै छनौटहरु रहेका छन् ।

    यसमा पहिलो नम्बरमा छन् युवा खेलाडी ओसमान डेम्बेले । नेयमारले क्लब छाडेपछि उनी १३.५ करोड पाउण्डमा बोरुसिया डर्टमण्डबाट बार्सा भित्रिएका थिए ।



    तर, हालसम्म क्लबमा डेम्बेलेको यात्रा असंगतिलो देखिएको छ । उनले तीनवटा खेलाडीलाई सजिलै छल्याउन सक्छन् भने कहिले पोजेसन सजिलै गुमाउने गरेका छन् । उनको खराब क्रस र अति महत्वकांक्षी प्रयासबाट लुइस सुवारेज बेलाबेला रिसाउने गरेका छन् ।

    यसले गर्दा भर्सटाइल सर्जियो रोबर्टोले थप एडभान्स भूमिका पाउन सक्नेछन् । सन् २०१५ मा मेस्सीले क्लासिको गुमाउँदा उनलाई चुनिएको थियो । स्यान्टियागो बर्नेबाउ ४–० को जीत हासिल गर्दा उनले नै सुवारेजका लागि पहिलो गोलको अवसर सृजना गरेका थिए । (खेल ३–० को अवस्थामा रहँदा मेस्सी मैदानमा प्रवेश गरेका थिए ।)

    ब्राजिलियन विङ्गर माल्कम पनि प्रशिक्षकका लागि अर्को विकल्प हुन सक्छन् । उनी यही वर्ष ३ करोड पाउण्डमा बार्सा आइपुगेका हुन् । तर, हालसम्म उनले बार्सिलोनाका लागि कमै मात्र खेलेका छन् ।

    त्यस्तै, राफिना पनि अर्को विकल्प हुन सक्छ ।

    त्यसको साटो ४–४–२ को फर्मेसन अपनाउँदै मिडफिल्डलाई सशक्त बनाउन भेटरान अर्टुरो भिडालले पनि अवसर पाउन सक्छन् ।

    यसमा सुवारेजसँग मुनिल एल हडिडीले खेल शुरुवात गर्न सक्नेछन् ।

    मार्सेलोलाई फाइदा ?

    मेस्सीको स्थानमा जो आएपनि मेस्सीको अनुपस्थितिको सिधा फाइदा रियलका लेफ्ट ब्याक मार्सेलोलाई हुनेछ ।

    ब्राजिलियन खेलाडी रियलको आक्रमणको महत्वपूर्ण हिस्सा हुने गरेका छन् । पछिल्लो दुई खेलमा त उनले गोल पनि गरेका छन् ।

    तर, मेस्सीले ‘फल्स नाइन’ बाट दाहिने विङमा पोजिसन परिवर्तन गरेपछि मार्सेलोलाई विपक्षीविरुद्ध आक्रामक खेल खेल्न समस्या हुने गरेको थियो ।

    ‘मेस्सी हुँदा फूल ब्याकहरु अगाडि आक्रमण गर्न जान नै पाउँदैन थिए,’ अर्जेन्टिनाका पूर्व खेलाडी पाउलो जाबालेटा भन्छन् ।

    ‘यदी तपाईंले मेस्सीलाई मैदानमा खुला स्थान दिनुभयो भने मेस्सीले गोल गर्ने निश्चित छ,’ उनले भने ।

    तथ्यांकले भने त्यही भन्छ । करियरमा हरेक खेलमा उनको औसत ५१.८ पास हुने गरेको थियो । तर, पछिल्लो चार एल क्लासिकोमा त्यो औसत झरेर ४१ पुगेको छ ।

    गत सिजनको २–२ बराबरी खेल्दा भने मर्सेलोले ६६ पूरा गरेका थिए । तर, बार्साको दुवै गोलमा उनी ‘आउट अफ पोजिसन’ देखिएका थिए ।

    यो एल क्लासिकोमा भने मार्सेलो मेस्सीलाई रोक्नुपर्ने तनावबाट मुक्त हुनेछन् र आफ्नो खेल कौशल देखाउन सनेक्छन् । तै पनि बार्सिलोनाले अझै पनि मार्सेलोको सो कमजोरीलाई लक्षित गर्न सक्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…