• कार्तिक ९, काठमाडौं । सरकारले अब मोटरसाइकल दर्ता प्रदेशअनुसार गर्ने भएको छ । मन्त्रिपरिषद्ले सवारी साधन दर्तासम्बन्धी निर्देशिका संशोधन गरी प्रदेशअनुसार दर्ता गर्ने व्यवस्था गरेको हो ।

    संशोधित नियमावली एक–दुई दिनमै राजत्रमा प्रकाशित भएपछि अञ्चलको सट्टा प्रदेशका आधारमा सवारी साधन दर्ता सुरु गरिने जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ ।

    सरकारले वाग्मती अञ्चल यातायात कार्यालयमा रोकिएको दर्तासमेत खोलेको छ । यसअघि नियमावलीमा दुई डिजिट नम्बरको गाडी मात्र दर्ता गर्ने व्यवस्था रहेको र वाग्मतीमा मोटरसाइकलको

    ९९ लटसमेत सकिएपछि असोज १६ देखि नयाँ दर्ता अवरुद्ध भएको थियो । वाग्मतीमा १० लाख मोटरसाइकल पुगेपछि नयाँ दर्ता गर्न समस्या भएको थियो ।

    नियमावलीले अब तीन डिजिटमा समेत नयाँ सवारी साधन दर्ता हुने व्यवस्था गरेको छ । अब वाग्मतीमा १०० लटका मोटरसाइकल दर्ता सुरु हुनेछ । यातायात विभागमातहतका अञ्चलकार्यालयले सवारी साधन दर्ता गरे पनि प्रदेशअनुसारको नम्बर दिइने विभागले जनाएको छ ।

    ‘मुलुक संघीयतामा गइसकेकाले संशोधित नियमावलीअनुसार प्रदेशको नाम अथवा कोड राखेर सवारी साधन दर्ता गर्न थालिनेछ,’ विभागका एक अधिकारीले भने । अब अञ्चल लेखिएको ठाउँमाप्रदेशको नाम अथवा कोड हुनेछ । त्यसपछि कार्यालयको कोड, मोटसाइकलको लट र नम्बर हुनेछ । समाचार कान्तिपुरमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…