• काठमाडौं कात्तिक ९ गते ।  रोजगारीमा विभिन्न देशमा रहेका नेपाली युवाहरु सामाजिक संस्था माउण्ट एभरेष्ट सेवा समाजले स्नेह आश्रमलाई सहयोग गर्ने भएको छ ।
    क्लाकार शुलेमान शंकर इकुद्धारा जोरपाटी मुलपानीमा सन्चालनमा रहेको आश्रमलाई नगद ५१ हजार आर्थिक सहयोग सहित त्यहा आश्रीत वालवालिकालाई लत्ताकपडा,स्टेनसनरीका समाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको माउण्ट एभरेष्ट सेवा समाजकी उपाध्यक्ष शोभा क्षेत्रीले बताउनुभयो । उपाध्यक्ष क्षेत्रीका अनुसार त्यहाका वालवालिकालाई एक दिनको खाना खुवाउने कार्यक्रम पनि छ ।

    कार्यक्रम सम्पन्न गर्नका लागि काठमाडौंमा संस्थाको उपाध्यक्ष शोभा क्षेत्री, कोषाध्यक्ष प्रमिला भेटवाल, कानुनी सल्लाहकार देबेन्द्र बुढाथोकी,देवी खनाल,पत्रकार तेजन खड्काले आवश्यक छलफल गर्दै जिम्मेवारी बाडफाड गर्नुभएको छ । भने प्रवासमा रहेका पदाधीकारीहरु विच पनि सामाजिक सन्जालमा छलफल गर्नुभएको छ ।
    कतार,साउदी,साइप्रस, इन्डीया लगायतका विभिन्न देशमा श्रम गरिरहेका नेपाली युवाहरु यस संस्थामा आवद्ध छन् । सामाजिक काममा क्रियाशिल मन भएका युवाहरु सामाजिक सन्जाल मार्फत जोडिएर संस्था निर्माण गरेको माउण्ट एभरेष्टका सल्लाकार संयोजक योगेश दाहाल बताउनुहुन्छ ।

    विदेशमा गए पनि आफ्नो देश र गाउँ प्रतिको सामाजिक उत्तरदाहित्व पुरा गर्न हामी क्रियाशिल भएका हौ,दहाल भन्नुहुन्छ,संस्थामा अहिले ६५ भन्दा बढि सदस्यहरु छौ । अन्य साथीभाईहरु पनि जोडिदैं हुनुहुन्छ । संस्थाकै माध्यमबाट विभिन्न देशमा रहनुहुने दाजुभाई दिदीबहिनीहरुमा चिनजान भएको छ । आपसी सद्भाव र भाईचारा पनि बढाएको छ दाहाल भन्नुहुन्छ । संस्थाका अध्यक्ष इन्द्र कटुवालले असाहय,गरिवदुखी र दुख विराममा परेकाहरुको लागि सहयोग पुर्याउन संस्था क्रियाशिल भईरहेको बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…