• काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको राजर्सी टीका लगाइदिँदा एक कम्युनिष्ट कार्यकर्ताको मर्म समेत भुलेको भन्दै कम्युनिष्टहरुले नै आलोचना गरेका छन् ।

    तत्कालीन एमालेकी उपाध्यक्ष विद्याले देखाएको हर्कतले उनका पति स्वर्गीय मदन भण्डारीको समेत अपमान भएको भन्दै कम्युनिष्ट नेताहरुले नै आलोचना गरेृका छन् । पूर्वराष्ट्रपति डा रामवरण यादवसंग भण्डारीको तुलना गर्दै चौतर्फी आलोचना सुरु भएको छ ।

    दशैंको दिन पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई राष्ट्रपतिले आफु सोफामा बसेर आफ्नो अगाडि घुँडा टेकेर बसेका पूर्वप्रधानन्यायाधीश पराजुलीलाई टीका लगाइदिँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको आलोचना सुरु भएको हो ।

    नेपालमा राजतन्त्र रहँदासम्म यस्ता घटना सामान्य नै मानिन्थे । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वरानी कोमललाई जुत्तामै ढोग्न लगाउँथे ।

    यही तानाशाही प्रवृत्ति रहेकैले राजसंस्था ढलेपछि पनि गणतन्त्रमा समेत राष्ट्रप्रमुख (राष्ट्रपति) बाट राजर्सी प्रवृत्ति देखाइएको भन्दै उनको आलोचना भइरहेको हो ।

    राष्ट्रपतिको यस्तो कदम प्रति सबै भन्दा बढि उनकै पूर्व पार्टीका नेताहरु आक्रामक बनेका छन् । उनीहरु आफूहरुले परिकल्पना गरेको राष्ट्रप्रमुख भन्दा पनि अहिले फरक भएको भन्दै गुनासो गरिरहेका छन् ।

    नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले लेखेका छन, ‘संयोगवशः उहाँ हुनुहुँदोरहेछ पदमुक्त पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली ! उहाँले नै महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोस्रोपटक राष्ट्रपति चयन भएपछि पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो !!

    चर्चित मानवअधिकारकर्मी सुशील प्याकुरेल राष्ट्रपतिज्यूका सल्लाहकार हुनुहुन्छ भने आधुनिक कानुनमा विद्यावारिधि उपाधियुक्त डा भेषराज अधिकारी स्वकीय सचिव !!!

    अनि जनताकी छोरी विद्या भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति । नागरिकलाई यो आसनमा बडादसैंंको टीका ? संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप एवं गणतान्त्रिक चेतना, संस्कार र संस्कृतिमुताबिक भएन।’

    यसैगरी विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले ट्विटरमार्फत ‘दुःखी प्रजा र सुखी राजा भन्दै ‘आडम्बरी/सामन्ती समाजवाद’ एक या अर्को रूपमा प्रकट भइरहेको भन्दै आलोचना गरेका छन् ।

    नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्वीटरमै ‘दिस इज कम्युनिज्म, आइएम नो कम्युनिस्ट ।’ भनेर कमेन्ट गरेका छन् ।

    त्यति मात्र होइन अहिले राष्ट्रपति भण्डारीले देखाएको प्रवृत्तिले सबैभन्दा ठूलो असर  उनका पति स्वर्गीय मदन भण्डारीप्रतिको सम्मानमा परेको छ । नेपालका सम्मानित नेता मदन भण्डारीको जनताको नौलो जनवादले जनताबाट निकै नजिक ल्यायो ।

    कम्युनिष्ट विचारविहीन भएर अगाडि बढिरहेका बेलामा ०४६ सालमा बहुदल आएपछि मदन भण्डारी एकाएक चर्चामा आएका थिए । अहिलेको परिस्थिति देख्दा नेपाली राजनीतिको दुर्भाग्य भएको विश्लेषकहरु बताउँछन् ।

    टीकाको प्रसंगलाई लिएर विद्यादेवीको भन्दापनि राष्ट्रपति कार्यालयको व्यवस्थापकिय कमजोरी भन्नेहरुको पनि कमि छैन ।

    राष्ट्रपति भण्डारीको विषयलाई लिएर अहिले पूर्व राष्ट्रपति डा रामवरण यादवको कार्यकाललाई पनि जोडिएको छ । डा यादवले पनि टीका लगाइदिएका थिए । उनको टीकामा भने एकरुपता थियो, खबर अभियान टाइम्समा उल्लेख छ ।

    डा यादवले तत्कालीन प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने शैली एकै थियो । अहिले विद्यादेवीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाइदिएको टीकाको शैली र अन्यलाई लगाइर्दिको टीकाको शैली फरक छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…