• काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सरकारका गलत कदम विरुद्ध सडक संघर्षमा उत्रने भएको छ ।

    शनिबार ६५ औं तरुण दिवस मनाउँदै गर्दा त्यसको पूर्वसंध्यामा हाम्राुकरासंग बोल्दै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले तिहारपछि तरुण दल सडक संघर्षमा उत्रने बताए ।

    उनले भने, ‘ओली सरकारले महंगी बढायो, हत्याहिंसा बढायो, जनतालाई सुरक्षाको अनुभूति दिन सकेन, अन्याय र अत्याचारले सीमा नाघ्यो अहिलेसम्म केही गर्छ कि भनेर चुप लागेर बस्यौं, अब सडक संघर्षमा उत्रन्छौं ।’

    उनले बलात्कार र हत्याराका अपराधीलाई केही पनि कार्वाही नगरेको आक्रोश पोख्दै भने, ‘निर्मला बहिनीका बलात्कारी र हत्यारा पक्राउ परेका छैनन्, यो सरकारले अपराधी लुकाउने र अपराध बढाउने खेल गर्यो ।’

    कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा असहयोग गर्ने र लापरवाही गर्ने दुई प्रहरी अधिकारीलाई गृह मन्त्रालयले बर्खास्त गरेको थियो ।

    सरकारले न्यायालयमा समेत हस्तक्षेप गरेको आरोप लगाउँदै अध्यक्ष बस्नेतले अब कुनै पनि हालतमा विपक्षीले आप्mनो भूमिका निभाउने र सशक्त आन्दोलन गर्ने पनि बताए ।

    तरुण दल सशक्त भइसकेको दावी बस्नेतको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…