• काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणको घोषणा गरेको पाँच महिना भन्दा बढी भइसकेको छ । तर दुःखद पक्ष अहिलेसम्म पार्टी एकीकरण हुन सकेको छैन ।

    नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुले हात ठड्याएर, एक आपसमा हातले समातेर पत्रकार सम्मेलन गरी गत जेठ ३ गते पार्टी एकीकरण भएको घोषणा गरिएको थियो ।

    अहिलेसम्म केन्द्रमा बाहेक कतै पनि पार्टी एकीकरण हुन सकेको छैन । चुनावी तालमेल गरेको त १३ महिना भइसकेको छ । पदीय भागबण्डा बाहेक केही पनि हुन सकेको छैन ।

    भागबण्डामा चित्त नबुझेर वरिष्ठ नेता माधवकुमार नेपालको रोइलो जताततै छ । अनि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि भागबण्डाले नै काम गरिरहेको छ ।

    भागबण्डा गरेरै कतिन्जेल टिक्छ भन्ने मात्रै हो । नेकपाका एक केन्द्रीय सदस्यले हाम्राकुरासंग भने, ‘मैले त केही बुझ्न सकेको छैन तपाईंलाई के कुरा बताऊँ ।’

    अर्थात् पार्टी कुन तरिकाले चलिरहेको छ भन्ने कुराको जानकारी नेतारुलाई समेत छैन । त्यसैले त अहिलेसम्म भागबण्डामै अल्झेको छ पार्टी ।

    विचारका आधारमा चल्छन् पार्टी । एजेन्डाका आधारमा चल्छन् पार्टी । तर त्यस्तो हुन नसकेको नेकपा नेताहरुकै गुनासो छ । एक केन्द्रीय सदस्यले त ‘पार्टी एकीकरण भन्दा भन्दै फुट्ने बेला भैसक्यो’ भने ।

    हुन पनि हरेक कुराको विभाजनका लागि भागबण्डा। पछिल्लो समय बिहीबार नेकपा सचिवालयले प्रदेश कमिटीलाई पूर्णता दिन दुई सदस्यीय कार्यदल गठन गरेको छ। प्रदेश कमिटीलाई पूर्णता दिन र केन्द्रीय सदस्यको कार्यविभाजनसहितको प्रस्ताव पेस गर्न महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा रहेको दुई सदस्यीय कार्यदल गठन गरेको हो।

    नेकपाभित्र पूर्व एमाले र पूर्व माओवादी केन्द्रका बीचमा प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा प्रदेश नम्बर २ र कर्णाली प्रदेशबाहेक अन्य पाँचवटा प्रदेश कमिटीमा ५५–४५ को भागवण्डामा कमिटीलाई पूर्णता दिने सहमति भएको हो। दुई नम्बर प्रदेश र कर्णाली प्रदेशमा भने ५०–५० को संख्यामा भागवण्डा गरेर प्रदेश कमिटीलाई पूर्णता दिने सहमति भएको बताइएको छ।

    यसअघि कार्यदलले बुझाएको प्रतिवेदनमाथि नेपालले आपत्ति जनाएपछि सचिवालय बैठकबाट अध्यक्षद्वय ओली र प्रचण्डले टुंगो लगाउने जिम्मेवारी लिएका थिए ।

    महासचिव पौडेलका अनुसार प्रदेश कमिटीका पदाधिकारीसँगको छलफल र यसअघिका कार्यदलले दिएको रिपोर्टका आधारमा प्रदेश कमिटीका सदस्यहरू टुंगो लगाइने छ ।

    यसअघिको रिपोर्ट नै भागबण्डाको आधारमा गरिएको छ भने अब पनि त्यसरी नै अगाडि बढ्ने छ । कतिपय प्रदेश कमिटीले त सचिवालय बैठकले ढिलाइ गरेको भन्दै स्थानीय तहको एकीकरणको कामसमेत अघि बढाइसकेका छन् ।

    यसैबीच नेकपा सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यको कार्य विभाजनको गृहकार्य गर्ने जिम्मा पनि महासचिव पौडेल र सचिवालय सदस्य थापालाई दिएको छ।

    नेकपाको ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी बने पनि पोलिटब्युरो बन्न बाँकी छ। नेकपाका एक नेताका अनुसार १ सय ४७ सदस्यसम्मको पोलिटब्युरो गठनको गृहकार्य अगाडि बढेको छ।

    दुई सदस्यीय कार्यदलले नेकपाको प्रदेश कमिटीको पूर्णता साथै केन्द्रीय सदस्यको कार्यविभाजनसहितको प्रस्ताव अब बस्ने सचिवालको बैठकमा पेस गर्नेछ।

    साँच्चिकै यो भागबण्डा मिल्न नपाउँदै पार्टी फुट्ने त हैन भन्ने आशंका पनि बढेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…