• काठमाडौं : धरानकी जस्मिन लिम्बू शुक्रबार नेपाल आइडल-२ को टप टेनबाट बाहिरिएकी छन्। उनले अघिल्लो हप्ता वाइल्ड कार्डमार्फत कार्यक्रममा पुनः इन्ट्री पाएकी हुन्।

    बिहीबारको गाला राउन्डमा उनले ‘तिम्रो लागि सारा संसार भुलाइदिन्छु म’ बोलको गीत गाएकी थिइन्। गायकीमा अलिकति सुर नमिलेको आरोप खेपेकी उनले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न भने सकिनन्।

    शुक्रबारको इपिसोडमा पनि उनले क्रिसलसँगको संयुक्त प्रस्तुतिमा गायकीको तालमेल मिलाउन सकिनन्। वाइल्ड कार्डले कार्यक्रममा पुनः इन्ट्री पाएपछि उनले आफ्नो सपना पूरा गर्न फेरि अवसर पाएकाले निकै मेहनत गर्ने बताएकी थिइन्।

    शुक्रबार नेपाल आइडलको २२औं भाग विशेष रह्यो । नेपाल आइडल सिजन–१ का विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए । आइडलमा पवन गिरीले सर्वाधिक भोट पाए भने बिक्रम बराल र अस्मिता अधिकारी बटम थ्रीमा परे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…