• नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जनताको प्यारो हुन काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो देख्नुपर्ने बताउनुभएको छ ।

    काङ्ग्रेस शिवसताक्षी नगर समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘दशैँ, तिहार एवं छठ पर्वको शुभकामना तथा ज्येष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम’मा उहाँले काङ्ग्रेसले काङ्ग्रेसलाई राम्रो नदेखेसम्म जनताको प्यारो हुन नसक्ने बताउनुभयो ।

    प्रवक्ता शर्माले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिले जसरी नै शेरबहादुर देउवा र रामचन्द्र पौडेल मिल्नुपर्नेमा जोड दिनुभयो । “एकअर्काको आलोचना नगरी टीम स्पिरिट बनाएर अघि बढे काङ्ग्रेस बलियो पार्टी बन्छ”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा १७० जना ज्येष्ठ क्रियाशील सदस्यलाई सम्मान गरिएको थियो । नगर संयोजक पर्शुराम ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस महासमिति सदस्य देउमान थेवे, भक्ति सिटौला, काङ्ग्रेस नेता ओम सरावगीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…