• कञ्चनपुर संवाददाता । आफ्नै क्षेत्रमा प्रथम वेलौरी महोत्सव तथा कृषि पर्यटन व्यापार मेलाको उद्घाटन समारोह जाने क्रममा नेपाली कांग्रेस का मान्य नेता कार्यकर्ता ले देखाए कालो झण्डा । कार्यक्रमको औपचारिक उद्घाटन समारोह 12 बजे समय राखेको भए पनि नेपाली कांग्रेसका कार्यकर्ता हरु कालो झण्डा देखाउने तयारी हुदै छ भन्ने थाहा पाए पछि खाने पानी मन्त्री बिना मगर बेलुका 4 बजे आउदा समेत नेपाली कांग्रेस ले बाटो मा कालो झण्डा देखाएको छ । मन्त्री विना मगर लुकी छिपी आउदै गर्दै नेपाली कांग्रेस का मान्य नेता कार्यकर्ता ले कालो झण्डा लेखाएका छन ।
    विना मगर मञ्चमा आए पछि भने काग्रेस को कुनै प्रतिक्रिया थिएन । प्रथम पटक कञ्चनपुर को वेलौरी खुला मञ्चमा प्रथम वेलौरी महोत्सव तथा कृषि पर्यटन व्यापार मेला शुरू भएको छ । स्थानिय कला भाषा संस्कृति, सभ्यता तथा पर्यटक स्थल को प्रचारप्रसार स्थानीय खानाका परिकार कृषि प्रदर्शनी प्रचारप्रसार का लागि मेला को आयोजनामा गरेको मेला आयोजित समिति ले जानकारी दिनुभयो । मेलामा स्थानीय खानाका परिकार ,कृषि औजार, अटो, टेक्टर, कपडा, कृषि प्रदर्शन, बैंक, लघु वृत , फर्म तथा फल-फूल लुगा कपडाका प्रर्दशन गरेका छन ।

    वेलौरी उद्योग वाणिज्य संघले सञ्चालन गरेको मेला 10 दिन सम्म चल्ने आयोजकले जनाएको छ । मुल आयोजित समिति अध्यक्ष लक्ष्मी नारायण चौधरी को सभापतित्वमा सञ्चालन भएको मेलामा प्रमुख अतिथि खानेपानी तथा सरसफाइ मन्त्री विना मगर विशिष्ट अतिथि पुर्व सहायक मन्त्री लाल बहादुर विश्वकर्मा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तारा नाथ अधिकारी विशिष्ट अतिथि वेलौरी नगर पालिका प्रमुख पोती लाल चौधरी पुनर्वास नगर पालिका प्रमुख दिवाना शिह बिष्ट पुर्व माननीय टिकेन्द्र प्रसाद भट्ट कञ्चनपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश दत्त जोशी, कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव दिपेन्द्र प्रकाश साउद अतिथि कञ्चनपुर जिल्ला प्रहरी प्रमुख कुवेर कठायत , वेलौरी नगर पालिका उप प्रमुख चित्रा कुमारी चौधरी पुनर्वास नगर पालिका उप प्रमुख सारदा बिष्ट वेल्डाडी गाउँपालीका अध्यक्ष धन बहादुर थापा लालझाडी गाउँपालीका अध्यक्ष मदन सिंह कठायत टोका नगर पालिका उप प्रमुख ज्ञान माया डड़गोल लगायत पत्रकार विभिन्न संघसंस्थाका प्रतिनिधि बैंक तथा सहकारी संस्था का प्रतिनिधि रहेका थिए । कार्यक्रमको सञ्चालन कृष्ण डड़गोल र कविता बानिया जेरी ले गर्नुभएको थियो । मेलामा स्थानीय हरुको व्यापक सहभागिता रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…