• काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले भारतलाई २-० गोलले हराएको छ।

    शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा भएको खेलमा नेपालको सानदार जित निकाल्ने क्रममा रेखा पौडेल एक्लैले दुई गोल गरिन् ।

    पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५९ औं मिनेटमा रेखाले नेपाललाई अग्रता दिलाइन्।

    रेखालेनै खेलको अन्तिम २ मिनेटमा नेपालको अग्रता दोब्बर पार्दै जित निश्चित गरिन्।

    दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नस्दा नेपालले भारतमाथि सानदार जित निकालेको हो।

    यो जितसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ।

     

    प्रतियोगिताको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो। यता पाकिस्तानलाई १८-० ले हराउँदै भारतले उत्कृष्ट सुरुवात गरेको थियो।

    प्रतियोगिताको अर्को खेलमा आजै थाइल्याण्ड र पाकिस्तान भिड्दैछन् । आइतबार नेपालले समूहको अन्तिम खेलमा पाकिस्तानको सामना गर्नेछ भने भारत र थाइल्याण्ड पनि भिड्ने छन् ।

    यस समूहबाट शीर्ष स्थानको टोली र दोस्रोमध्ये उत्कृष्ट दुईमा पर्ने टोलीले थाइल्याण्डमा हुने यू-१९ च्याम्पियनसिपको अन्तिम चरणमा छनोट हुनेछ। तर, थाइल्याण्ड शीर्ष स्थानमा पारेको खण्डमा भने दोस्रो हुने टोली छनोट हुनेछ। नेपालको यो जितसँगै छनोट हुने सम्भावना बढेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…