• खाना खुवाउने देखी लत्ता कपडा वितरण सम्म
    काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न मुलकमा रहेका नेपालीहरुको संस्था माउण्ट एभरेष्ट सेवा समाज नेपालले शुलेमान शंकर‘ईकु’ले सन्चालन गरेको स्नेह वाल आश्रमलाई नगद ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको छ । काठमाडौं मुलपानीमा अवस्थित वाल आश्रमको भवन निर्माण सहयोगार्थ माउण्ट एभरेष्टले उक्त नगद सहयोग गरेको हो ।


    संस्थाकी उपाध्यक्ष शोमा क्षेत्री,कोषाध्यक्ष प्रमिला भेटवाल, सदस्य देवी खनाल ,मुना क्षेत्री,कानुनी सल्लाहकार देवेन्द्र बुढाथोकी र प्रभा पण्डितले उक्त नगद संयुक्त रुपमा शुलेमान शंकरलाई हस्तान्तरण गरे ।
    सोहि अवसरमा माउण्ट एभरेष्टले त्यहाँ आश्रीत वालवालिकालाई स्टेसनरीका समाग्री,न्यानो कपडा प्रदान गदैं बिहानको खाना तथा खाजा पनि खुवाएको थियो । भुकम्पबाट पीडित भएका वालवालिकालाई स्नेह आश्रमले आश्रय दिएको छ ।

    आश्रमका अध्यक्ष शुलेमान शंकरले माउण्ट एभरेष्टका परिवारलाई सहयोगको लागि धन्यवाद प्रकट गरेका छन् । हाल आश्रमको भवन नभएका कारण समस्या भएको बताउदैं ईकुले भवन निर्माणमा उक्त नगदले सहयोग पुगेको बताए । आफ्नो कलाकारिता क्षेत्रबाट कमाएको रकमले वालवालिका पालिरहेको बताउदैं सबैमा उनले सहयोगको अपिल पनि गरेका छन् ।


    माउण्ट एभरेष्टकी उपाध्यक्ष शोभा क्षेत्रीले सामाजिक कामको लागि माउण्ट एभरेष्ट क्रियाशिल रहेको बताईन् । संस्थाका पदाधीकारीहरुबाट सहयोग संकलन गरेर सहयोग गरेको बताउदैं उनले भनिन, सामाजिक कामलाई संस्थाले निरन्तरता दिनेछ ।

    यो अभियानमा सहयोग गर्नेहरु
    देबेन्द्र बुढाथोकी
    प्रभिला भेटवाल
    इन्द्र कटुवाल
    योगेश दहाल
    दीपक दहाल
    रोहित खनाल
    बिनु तामाङ
    हिमाल राई
    कुलबहादुर तामाङ,
    इश्वरी प्रसाद रेग्मी
    एलपी खड्का,प्रभा पण्डित
    सुजन कार्की,
    राजेन्द्र महर्जन
    मन्जु परियार
    फुर्वा तामाङ युवराज खड्का
    साया कोईराला
    धनबहादुर विश्वकर्मा
    शोभा क्षेत्री र
    काभ्रे सेवा समाजका नारायण बिष्ट
    मुस्कान तामाङ,यम तिवारी,रितु राई,निरज तामाङ लगायत संस्थाका पदाधिकारीहरुले सहयोग गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…