• काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंको भृकुटिमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा आयोजक समुह र बष्किार गर्ने समुह बिच विवाद भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली समेत अनुपस्थित रहेको कार्यक्रममा नेकपा भित्रकै चियापान वहिस्कार गर्ने समुहले कार्यक्रमस्थलमा  धमाधम बहिष्कारको पर्चा वितरण गर्न थालेपछि तनावको स्थिती सिर्जना  भएको हो । उनीहरुले वितरण गरिएको पर्चामा विभिन्न ५ बुँदे माग अघि सारिएको छ ।

    बहिष्कार पक्षले जारी गरेको ५ बुँदे मागमा एमाले र माओवादी एकतामा कमजोरी भएकाले वैचारिक, सैद्धान्तिक, व्यावहारिक, सांगठनिक रुपमा ५० र ५० को समानताको सिद्धान्तमा एकता गर्नुपर्ने, अन्य वामपन्थी पार्टी लगायतलाई पनि एकता प्रक्रियामा ल्याउनुपर्ने, सरकारको काम प्रभावकारी नभएकाले उच्चस्तरीय सरकार सञ्चालन कार्यदल बनाउनुपर्ने, नेकपा केन्द्रीय कार्यसमिति हचुवाको भरमा बनेको हुँदा तत्काल विघटन गर्नुपर्ने र जनजीविकाको सवालमा कदम चाल्दै सुशासन कायम गर्न माग अघि सारिएको छ।

    कार्यक्रम बहिष्कारको माग अगाडि सारेको भन्दै आयोजक नेकपाका कार्यकर्ताले कुटेपिट गरेको भिडियोमा कैद भएको छ। नेकपा कार्यकर्ता बिच झगडा भैरहका बैला नेपाल लाइभले कैद गरेले यो दृश्य हेर्नुहोस् ।



    काठमाडौंको भृकुटीमण्डपमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष पुष्प कमल दाहाल र अन्य बरिष्ट नेताहरु भने उपस्थित थिए। अस्वस्थ भएका कारण प्रधानमन्त्री ओली चियापान कार्यक्रममा सहभागि नभएको बताइएको छ।

    दशै तिहार र छठ पर्वको अवसरमा  नेकपाले चियापान कार्यक्रमको आयोजना गरेको हो। चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष  प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको दावी गरे।

    उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताए। चियापान समारोहमा नेताहरु बरिष्ट नेता माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगातको उपस्थिति थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…