• काठमाडौं । शनिवार विहानै माउण्ट एभरेष्ट सेवा समाजका कानुनी सल्लाहकार देवेन्द्र बुढाथोकी अरु बेला भन्दा अलि छटपट गरिरहेको देखिन्थे । संस्थाका पदाधीकारीहरुलाई बिहान देखी फोन गरेर कार्यक्रम स्थल तर्फ चाडो जान आग्रह गर्दै भनिरहेका थिए,चाँडो गर नत्र अबेला होला । चावहिल चोकमा संस्थाकी उपाध्यक्ष शोमा क्षेत्री,कोषाध्यक्ष प्रमिला भेटवाल, ,सदस्य देवी खनाल प्रभा पण्डित लगायत बिहान साढे आठ तिर भेट गरेर हानियो कार्यक्रम स्थल तर्फ । कार्यक्रम थियो, चर्चित हाँस्य कलाकार शुलेमान शंकर ईकुले सन्चालन गरेको स्नेह वाल आश्रमलाई सहयोग गर्ने । यसअघि पनि अन्य ठाउँमा पनि सेवा गरिसकेको माउण्ट एभरेष्टका पदाधीकारीहरुलाई कार्यक्रम कसरी आकर्षक बनाउने ध्याउन्न थियो ।

    जव कार्यक्रम स्थल तर्फ पदाधीकारीहरु पुग्यो,तब कोहि कुर्सी मिलाउन थाले, त कोहि ब्यानर टाङ्न । त्यतिकैमा परबाट टक टक एकजना कार्यक्रममा आईपुगे । अनि माउष्ट एभरेष्टकी मुना क्षेत्रीले भनिन्, उँ ईकु,इकु ।
    ईकु जव कार्यक्रम तर्फ आए,तब पदाधीकारीहरु नमस्कार गर्दै सम्बोधन गरे । ईकुले त्यहा आश्रीत वालवालिकालाई चिनाए । त्यतिकैमा लब र कुश पनि त्यहा आश्रीत रहेछन, संस्थाकी उपाध्यक्ष शोभा क्षेत्रीले नानीहरुलाई हाँसो सहित माया गर्दै भनिन्,मलाई चिन्यौ । उनीहरुले चिनेको भनेर टाउँको हल्लाए ।
    संस्थाका सदस्य देवी खनाल कार्यक्रम सन्चालन गरिरहेका थिए भने भान्सामा के कस्तो पाकिरहेको छ निरीक्षण गरिरहेका थिए,देबेन्द्र । प्रवक्ता योगेश दहाल लगायत कार्यक्रको लाइभ हेर्न ब्यस्त थिए । अन्य पदाधिकारीहरु माउण्ट एभरेष्टको बेलिविस्तार लगाई रहेका थिए । कार्यक्रममा जव त्यहा आश्रीत वालवालिकाहरु बिहानको खाँजा खाए,लाग्थीयो, उनीहरुले हाम्रालाई पनि माया गर्ने दादा दिदीहरु छन् भनेर सोचिरहेका थिए । नयाँ कपडा पाएपछि खाँस दशैं त्यसबेला आए जस्तो देखिन्थीयो,उनीहरुमा ।
    ईकुलाई पदाधीकारीहरुले सहयोग रकम हस्तान्तरण गरेपछि ईकुले भने, म कलाकार कार्यक्रम नहँुदा आश्रम सन्चालन गर्न गाह्रो हुन्छ । यो गुन तिर्न सक्दिन् । माउण्ट एभरेष्टका सबैलाई उनले धन्यवाद दिदैं अब भवन बन्ने आशा पलाएको बताए । नानीहरुलाई आफ्नै बस्ने छुट्टै घर बनाउछु ।
    १४ जना वालवालिकाको लागि स्टेसनरीको समाग्री पनि हस्तान्तरण भएको छ । कपि पेन्सिल र इरेजर । राम्रो पढुन बर्षभरी पढ्न पुगोस भनेर सहयोग गरेका हौ, कोषाध्यक्ष प्रमिला भेटवालले भनिन् । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिईन् ।
    स्टेसनरीका समाग्री सबै बाढिसकेपछि सुरु भयो, नानीहरुलाई खाना खुवाउने कार्यक्रम । कार्यक्रममा सहभागी पदाधीकारीहरु त्यहा भान्से बने र नानीहरुले अगाउजी रमाई रमाई खाए ।
    सायद यति भब्य कार्यक्रम भएको थिएन,होला सायद त्यहा । वातावरण पुरै रमाईलो देखिन्थीयो । कार्यक्रम सकेर जव विदा हुन लाग्यौ, नानीहरुले भने, फेरि पनि आउँनु ल ।
    गाडी हुईकियो, पछाडीबाट ईकुले विदाईको हात हल्लाउदै थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…