• काठमाडौं । चर्चित हाँस्य कलाकार शुलेमान शंकर ईकुले लुताएको कलाकार सबै ईकु नहुने बताएका छन् । पछिल्लो समय दोस्रो ईकु र पूर्वको ईकु भन्दै बिभिन्न ठाउँमा प्रतिभा जन्मेको भए पनि ईकु शुलेमान शंकर नै हुने बताए । उहाँहरुको प्रतिभाको सम्मान गर्छु, तर इकु म नै हु । रातोकलम अनलाईन टिभीसँग कुराकानी गर्दै उनले आफ्नो कलाकारिता यात्रा यहाँ सम्म आउन माग्ने बुढा र धुम्रुसको सहयोग भुल्न नसक्ने बताए । कलाकारिता क्षेत्रसँग हाल उनी काठमाडौं मुलपानीमा स्नेह वाल आश्रम सन्चालन गरिरहेका छन् । त्यहा भुकम्पबाट पीडित १४ जना वालवालिका आश्रीत छन् । आश्रम आफ्नो कलाकारिताको कमाईबाट सन्चालन गरिरहेको बताउदैं उनले भने‘ यि बालबालिकाको लागि हजुरहरुले पनि सहयोग पुर्याईदिनुहोला । उनले आश्रमको भवन बनाउन तयारी भईरहेको बताउदैं सहयोगको लागि अपिल गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…