• काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पाले) करिब ३० लाख रुपैयाँ लाख खर्चिएर शनिबार काठमाडौंमा चियापान कार्यक्रम आयोजना ग¥यो । चियापानमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित भए । कूटनीतिक नियोगका प्रमुख, उच्च पदस्थ कर्मचारीलगायत विशिष्ट पाहुना उपस्थित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित रहे ।

    अचानक रुघा–खोकी लागेर छातीमा संक्रमण देखिएपछि चिकित्सकले कुनै कार्यक्रममा सरिक नहुन सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । “शुक्रबार बिहानबाट उहाँमा एक्कासि छातीको समस्या देखियो । रुघा–खोकी लागेकाले निवासमै आराम गरिराख्नु भएको छ,” प्रधानमन्त्रीको सचिवालयले  भन्यो ।

    शनिबारको कार्यक्रममा निकै भीडभाड हुने भएकाले संक्रमण हुने भयले चिकित्सकले नजान सुझाएको सचिवालयको भनाइ छ । दिउँसो तीन बजेपछि कार्यक्रममा सरिक हुने बताइए पनि अस्वस्थ भएपछि अन्तिम समयमा स्थगित गरिएको सचिवालयले बताएको छ ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीकै अस्वस्थताका कारण शुक्रबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद् बैठक पनि स्थगित गरिएको जानकारी दिए ।

    उनका अनुसार आइतबारबाट प्रधानमन्त्री नियमित काममा फर्कनेछन् । त्यस्तै आइतबार मन्त्रिपरिषद् बैठक पनि बस्ने अर्यालले जानकारी दिए । दशकअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा बेलाबखत समस्या देखिने गरेको छ । प्रधानमन्त्री निर्वाचित हुनुअघि अध्यक्ष ओली ‘फलोअप’का लागि बैंकक गएका थिए । त्यसयता स्फूर्त रहेका ओली शुक्रबारबाट बिरामी परेका हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…