• काठमाडौं - खाल्डा, धुलो, धुवाँ, ट्राफिक जाम काठमाडौं उपत्यकाका सडकको पहिचानै बनिसक्यो । सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । पाइलैपिच्छेका जोखिमले कहाँ र कतिबेला ज्यान जाने हो भन्न नसकिने अवस्था छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

    असुरक्षित सडक र लापरबाह चालकका कारण तारकेश्वर नगरपालिका लोलाङहाइटकी तिलकुमारी तिवारीसहित तीनजनाको शुक्रबार मृत्यु भयो । बिहान १० बजेतिर ७० वर्षीया तिवारी घरबाट पसलतिर जाँदै थिइन् । उनीसँगै साढे तीन वर्षीय नाति आजित र छिमेकी साबित्री पुडासैनी थिए । तीनजना बाटोमा हिँडिरहेका बेला मालबहालक ट्रकले ठक्कर दियो । तिवारीको घटनास्थलमै र अन्य दुईको उपचारक्रममा मृत्यु भयो । ज्यान गुमाउने मध्ये तिवारी र उनका नाति गोरखा सहिद गाउँपालिका तथा ६० वर्षीया पुडासैनी नुवाकोट ककनीका स्थायी बासिन्दा थिए ।

    काठमाडौं उपत्यकाका सडकमा यात्रुलाई सास्तीमात्र नभई जोखिम पनि उतिकै छ । सो घटनाको २४ घण्टा नबित्दै कीर्तिपुरमा श्याम श्रेष्ठको पनि ज्यान गयो । डल्लुबाट साइकलमा दक्षिणकाली जानेक्रममा त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार नजिकैको खानेपानीको धरापयुक्त मंगालमा खसेर उनको ज्यान गयो । मंगालको ढकनी नलगाएका कारणले त्यसमा खसेर उनको ज्यान गएको हो। उपत्यकामा २४ घण्टामा सडकका कारण भएका प्रतिनिपधमूलक दुखद घटना हुन् यी । उपत्यकामा यस्ता खाले घटना नयाँ होइनन् ।

    उपत्यकामा पछिल्ला दिनमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालय र काठमााडौं उपत्यका खानेपानी लिमिटेडको चरम लापरबाहीका कारणले यस्ता घटना बारम्बार भइरहेका छन् । पाइप राख्न सडक खनेर छाड्ने गर्दा दुर्घटना बढ्न गएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…