• उर्लाबारी/ आम नागरिकलाई क्यान्सर रोगका विषयमा सूचना प्रदान गर्न उर्लाबारीमा अरनीको हस्पिटल प्रालिका प्रबन्ध–निर्देशक चिरञ्जीवी चुँडालको अध्यक्षतामा उर्लाबारी क्यान्सर सूचना केन्द्र गठन गरिएको छ ।

    सो केन्द्रको उपाध्यक्षमा उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं.– ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुली, सचिवमा अरनीको हस्पिटल प्रालिका नरमाया बस्नेत, कोषाध्यक्षमा पथरीशनिश्चरे नगरपालिकाका वडाध्यक्ष कपिलमणी ढकाल रहेका छन् ।

    यसैगरी सदस्यहरूमा लेटाङ नगरपालिकाका मेयर शङ्कर राई, कानेपोखरी गाउ“पालिकाका वडाध्यक्ष शुशील बुढाथोकी, रतुवामाई नगरपालिकाका वडाध्यक्ष कन्यैयालाल राजवंशी, मिक्लाजुङ गाउ“पालिकाका वडाध्यक्ष बुद्धिलाल निरौला र अरनीको हस्पिटल प्रालिका बालकृष्ण सुब्बा रहेका छन् ।

    उर्लाबारीसहित मिक्लाजुङ, लेटाङ, पथरीशनिश्चरे, कानेपोखरी र रतुवामाई नगरका बासीन्दाहरूलाई क्यान्सर रोगको भीआईए परीक्षण
    तथा आवश्यक जानकारी दिने उद्देश्यले केन्द्रको गठन गरिएको अध्यक्ष चुँडालले बताए ।

    केन्द्रको स्थापना पछि योजनाबद्ध क्यान्सर रोगको रोकथाम, स्क्रिनिङ शिविर, स्वास्थ्य प्राविधिकहरूलाई आवश्यकताअनुसार तालिम र
    अभिमुखीकरण, समुदायलाई सचेतना लगायतका कार्य गर्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…